बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको आर्थिक विधेयक पारित, बजेट ल्याउने बाटो खुल्यो

बुधबार, २१ चैत २०७४, १६ : ४७
बुधबार, २१ चैत २०७४

सुर्खेत–कर्णाली प्रदेश सरकारको आर्थिक कार्यविधि विधेक फाष्टट्रयाक ढङ्गबाट पारित हुदाँ प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । 
प्रदेशसभाको साताँै बैठकले उक्त आर्थिक कार्यविधि विधेयक सर्वसम्मत पारित गरेको थियोे । 
कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियमावली नियम १ सय ९ को उपनियम १ बमोजिम फास्टट्रयाक मार्फत आर्थिक विधेक पारित गरिएको हो । आर्थिक विधेकमाथि छलफलका लागि ७२ घण्टा समय दिइने व्यवस्था भएपनि फष्टट्रयाक अर्थात द्रुत गतिबाट सर्वसम्मत पारित गरिएको थियो । 
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत शुक्रबार प्रदेशसभामा पेश गरेका थिए । 
प्रदेश सरकारको बजेट विनियोजन गर्न र आर्थिक पारदर्शीता कायम गर्न सरकारलाई बाटो खुलेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको भनाई छ । 
अहिले मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न र कर्मचारीहरुले गर्ने मनपरी खर्चलाई समेत नियन्त्रण गर्ने सरकारको पहिलो प्राथमिकता रहेको मन्त्री ज्वालाले बताए ।
अव प्रदेश सरकारले यस आर्थिक वर्षको ४ महिनाको लागि आंशिक बजेट ल्याउने बताए । यो कार्यविधि पास नहुने बेला सम्म बजेटको कुनै पनि काम गर्न नमिल्ने हुदाँ अव सरकार यसै महिना भित्र आंशिक बजेट ल्याउने उनको भनाई छ । 
आगामि आर्थिक वर्षको लागि असार एक गते नै पूर्ण बजेट ल्याउने तयारीमा प्रदेश सरकार रहेको जानकारी दिए । 
आर्थिक कार्यविधि विधेक छलफलका लागि निलम्बन गरियोस भन्ने प्रस्ताव गर्नका लागि सांसद एवम् माओवादी केन्द्रिकी मुख्य सचेतक सीता नेपालीले आर्थिक कार्यविधि विधयेक छलफलका लागि निलम्बन गर्ने प्रस्ताव पेश गरेकी थिइन् । 
सो प्रस्तावलाई एमाले मुख्य सचेतक गुलावजंग शाहले समर्थन जनाएका थिए । 
अव प्रदेश सभाको बैठक आगामि २६ गते दिउँसो सम्मका लागि स्थगन भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप