बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१७ करोड वर्ष पुरानो डाइनोसरको पाइला भेटियो

बुधबार, २१ चैत २०७४, १४ : ३९
बुधबार, २१ चैत २०७४

एजेन्सी । वैज्ञानिकहरुले प्राचिन डाइनोसरको पाइला भेटेका छन् । स्कटल्लाण्डको स्काई टापुमा भेटिएको यो पाइला मध्य–जुरासिक समयको भएको अनुमान गरिएको छ ।

१७ करोड वर्ष पुरानो मानिएको यी दजनौं डाइनोसरको पदचिन्हहरुको आविष्कारको अन्तर्राष्ट्रिय महत्व रहेको छ किनकी मध्य–जुरासिक युगको थोरै मात्रै अवशेषहरु भेटिएको छ ।

यो अध्ययनमा सहभागी तीन शैक्षिक सस्थाहरु मध्य एक एडिनबर्ग विश्वविद्यालयका अनुसार मध्य–जुरासिक युग डाइनोसरको उद्विकासमा महत्वपूर्ण समय थियो । 

यो खोजमा डाइनोसरको प्रजाती पनि पहिचान गरिएको छ । पदचिन्ह ‘सोरोपोठ्स’ र ‘थेरापोड्स’ नामक डाइनोसरका दुई प्रजातिका रहेको पत्ता लागेको छ । भेटिएका अधिकांश पाइलाहरु लामो घाटी भएको ‘ब्रोन्टोसोरस’को नजिकको प्रजाति ‘सोरोपोड्स’को थियो भने बाँकी ‘थेरोपोड्स’को थियो । ‘थेरोपोड्स’लाई ‘टाइरानोसोरस रेक्स’को नजिकको प्रजाति मानिन्छ । डाइनोसरको सम्बन्धी अधिकांश फिल्महरुमा यही ‘रेक्स’ प्रजातिको डाइनोसरलाई देखाइन्छ ।

“हामीले ‘आइल्स अफ स्काई’मा जति धेरै अध्ययन ग¥यौ त्यतिनै बढी डाइनोसरको पदचिन्ह पायौँ,” एडिनवर्ग विश्वविद्यालयका प्रध्यापनक डा. स्टीभ ब्रुसटले विश्वविद्यालयको वेबसाइटमा लेखेका छन् ।

उनले अगाडी लेखेका छन्, “यो त्यो समयको अबशेष हो जब स्कटल्याण्ड अहिलेभन्दा न्यानो थियो र डाइनोसर विश्वव्यापी रुपमा प्रभुत्व कायम गर्ने शुरुवाती चरणमा थियो ।”

हुनतः लामो समयको मौसमको असरले पारेको असरले डाइनोसरको पदचिन्ह पहिचान गर्न कठिन थियो । तर वैज्ञानिकहरुले डाइनोसरको खुट्टाको आकार र बनावटका आधारमा यो टापूमा करोडौँ वर्ष पहिले हिडेका डाइनोसरको पाइलाको छाप पहिचान गरे । 

लगभग ५० वटा पदचिन्ह भेटिएको छ । अवशेष भएका पदचिन्हको नमुना बनाउनका लागि वैज्ञानिकहरुले ड्रोन फुटेज र सफ्टवेयरको पहिचान गरेका थिए ।

एडिनवर्ग विश्वविद्यालयका पेग डिपोलोको नेतृत्वमा स्टाफिन सङ्ग्रालय र चाइनिज एकेडेमी अफ साइन्सको सहयोगमा यो अध्ययन गरिएको थियो । यस अध्ययनको निष्कर्ष ‘स्कटिस जर्नल अफ जिओलजी’मा प्रकाशित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप