बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शौचालय निर्माण गरेसँगै फेरिएको इटहरीको सुनौलो बस्ती

मङ्गलबार, २० चैत २०७४, १८ : ०२
मङ्गलबार, २० चैत २०७४

मनोज भुजेल

इटहरी । साउनमा आएको बाढीले इटहरी वडा नं. ३ सुनौलो बस्तीका धेरैको घर बगाएर बगर बनाएको ठाँउ । करिब ८ महिनापछि स्थानिय सरकार र संघसंस्थाको पहलमा बगरमा घर बन्यो । पुरानै दैनिकी पनि शुरु भयो । तर शौचालय अभावका कारण यहाँका बाढी पिडितहरु धेरै अप्ठ्यारोमा थिए ।

जम्मा ७६ घर परिवार मध्ये ६ वटा मात्र शौचालय भएको यस ठाँउमा साउनको बाढीले भएको शौचालय पनि बगाइदियो । बगरमा परिणत सुनौलो बस्तीमा क्रमशः घर उठ्न थाले, दैनिकी बढ्लियो तर जब शौच लाग्छ त्यसपछि छेउमै भएको खोला तिर कुद्नु पर्ने बाध्यता । अझ महिला तथा युवतिलाई झनै कठिन । दैनिक गुजारा गरेर छाक टार्ने यहाँका वासीन्दाहरुलाई शौचालय अति आबश्यक भएपनि बनाउने अवस्था कसैमा थिएन । बाढीपछि यस बस्तीमा जनसंख्या पनि बढेको थियो ।

बस्ती आसपाँस कोही नयाँ मान्छे गए नाक थन्नु पर्ने ठूलो समस्या । जथाभावी दिसा पिसाब गर्नाले साउन पछिको ६ महिना बस्ती छिर्न लायक थिएन । 

तर अहिले सुनौलो बस्ती नाम झै सुनौलो देखिन थालेको छ । पहिले जस्तो नाक थुनेर बस्ती छिर्नु पर्ने बाध्यता अब भने रहेन । बाढी अगाडी टिन र पाल्सटिकको भरमा देखिन यहाँको शौचालय अहिले भने पक्की अनि आर्कषक छन । 

शौचालय नहुदा सुनौलो बस्तीको अफ्टयारोलाई सजिलो बनाइदिएका छन युवा समाजसेवी सिजन गुरुङले । सुनौलो नेपाल नामक गौरसरकारी सस्थाको पहल तथा गुरुङको सकृयतामा अहिले यहाँ २० वटा पक्की शौचालय निर्माण भएका छन । करिब १४ लाखको लागतमा शौचालय निर्माण भएको हो ।

सुनौलो नेपालले आर्थिक सहयोग गरेको थियो भने तरुण दल सुनसरीले यसमा आफनो श्रमदान दिएको थियो । दैनिक १० जनाको दरले श्रमदान गरेर दुई महिनामा शौचालय निर्माण गरिएको युवा समाजसेवी सिजन गुरुङले बताए । 

हामीलाई आर्थिक सहयोग आएको रकम जोगाउन करिब १५ सय युवा परिचालन गरेर श्रमदान गरेका थियौ, तरुण दल सुनसरीका अध्यक्ष समेत रहेका गुरुङले भने, यो कार्य सामाज प्रतिको सेवा हो । 

शौचालय निर्माण सगै बाढी आएको समयमा यस क्षेत्रका पिडितलाई दैनिक खाना खुवाउने देखि लत्ताकपडा, खाद्धयान्न र घर निर्माणमा पनि सहयोग प्रदान गरिएको गुरुङको भनाई छ । हाम्रो पहलमा सुनौलो नेपालले शौचालय बनाउने अवधारणा साकार भएको छ, उनले भने । 

यसरी नै सामाजिक सेवामा आफुहरु सदैव कृयाशिल रहने छौ । मान्छेको स्वास्थ्यसँग जोडिएको शौचालय निर्माण सगै बस्ती अब स्वच्छ र हराभरा हुने गुरुङले बताए । 

शौचालयको उदघाटन सुनौलो नेपाल नामक संस्थाको च्यारिटिभल संस्थापक प्रतिनिधि थोमसले गरेकी थिइन । 

सफा सुनौलो नेपालले जापानको लिटर डे च्यारिटि नामक सस्थासंगको सहकार्यमा बिभिन्न आगलागी,बाढिपिडित लगायतका प्राकृतिक प्रकोपका क्षेत्रमा कामगर्दै आएको र त्सस्ता क्षेत्रमा आफ्नो योगदान दिन पाउदा खुशी महसुस भएको च्यारिटिका संस्थापक प्रतिनिधि थोमसले बताए ।

धेरै मात्रामा बाढिबाट पिडित भएका पिडितहरु यस्तो सहयोगले खुसि भएको र आगामी दिनमा वडाकार्यालयको तर्फबाट पनि अझ सहयोग गर्ने वडाध्यक्ष बालकृष्ण बिष्टको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप