जब सबैलाई रुवाए मदनकृष्णले (फोटो/भिडियो)
काठमाडौं – सानोपर्दा, ठूलो पर्दा होस् या स्टेज कार्यक्रम मार्फत सबैलाई हसाउँदै आएका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मंगलबार धेरैलाई रुवाए ।
सोमबार राती निधन भएकी पत्नी यशोदा सुवेदी ‘श्रेष्ठ’को पार्थिव शरीर दाहसंस्कारका लागि चितामा राख्ना साथ उनी भक्कानिए पछि अन्तिम संस्कारमा पुगेका कलाकार, रंगपत्रकार तथा उपस्थित सर्वसाधारणको समेत आँखा रसाएका थिए । पत्नीको पार्थिव शरीरतिर हेर्दै भक्कानिएका श्रेष्ठलाई सहकर्मी कलाकार हरिवंश आचार्यले सम्हाल्दै चिताको परिक्रमा गराए ।
लामो समयदेखि क्यान्सरबाट पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा अन्तिम श्वास फेरेकी हुन् । श्रेष्ठकी पत्नी ६७ वर्षकी थिइन् । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित थिइन् ।
मृत्युको समाचारसँगै यसोदाको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने सार्वजनिक भएपछि यसोदालाई अन्तिम श्रद्धान्जली दिन कलाकर्मी तथा रंगपत्रकार तथा सर्वसाधारण बिहान ९ बजेदेखि नै पशुपति पुगेका थिए । तर यशोदाको शव ११ बजेमात्र आर्यघाट पुर्याइएको थियो ।
यशोदालाई अन्तिम श्रद्धाञ्जली दिन हरिवंश आचार्य, किरण केसी, शिबहरी पौडेल, राजाराम पौडेल, बशुन्धरा भुषाल, दीपकराज गिरी, शलेन्द्र श्रृखडा लगायत नयाँ तथा पुराना कलाकारदेखि गायक गायिकासम्म पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै