शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

बिहीबार, २२ असार २०७४, १३ : १०
बिहीबार, २२ असार २०७४

लुम्बिनी–लुम्बिनी सांस्कृतिक नगरपालिकामा ‘राजपा’का उम्मेदवार (शंख चुनाव चिन्ह) विजयी भएका छन् । 

स्वतन्त्र उम्मेदवारी दिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु) ले ८ हजार १७५ मत प्राप्त गरी विजयी भएका हुन् । 


उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् । 


उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मतका साथ विजयी भएकी छन् । 


प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरेकी छन् । 


लुम्बिनी सांस्कृतिक नगर रुपन्देहीको बुटवल र सिद्धार्थनगर नगरपालिका पछिको मुख्य नगरी समेत हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप