बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘अतिरिक्त आकाश’ मा हत्याराको मनोदशा

सोमबार, १९ चैत २०७४, १८ : ११
सोमबार, १९ चैत २०७४

काठमाडौँ– नाट्यकार अशेष मल्लद्वारा लिखित नाटक ‘खुल्ला आकाश’ आज मञ्चन भएको छ ।  सर्वनाम थिएटरको ३९ औंँ वार्षिकोत्सवका अवसरमा मल्लद्वारा नै निर्देशित नाटकमा आफ्नी श्रीमतीको बलात्कारीको हत्या गरी कारागारमा आफ्नो मृत्युको दिन कुरिरहेको एक पात्रको मनोदशा नाटकको मुख्य विषयवस्तु रहेको छ । नाटकमा उसकी श्रीमती ‘शान्ति’ प्रतिको अथाह प्रेम र समर्पणलाई देखाउन खोजिएको छ । 

नाटकमा बाबुले कसैको हत्या गर्दा उसको सन्तानमा पर्ने सामाजिक र मनोवैज्ञानिक असरका बारेमा समेत चित्रण गरिएको छ ।  आफूले हत्या गरे पनि सो पात्रमा अलिकति पनि पश्चात्तापको भावना छैन । पात्रले कारागार जीवन बिताउँदा प्रहरीसँग गरेको वार्तालाप एकोहोरो रुपमा देखाइएको छ भने उसले प्रहरीलाई विभिन्न प्रश्नहरु सोधेको छ ।  “यदि तपाईंकी दिदी, बहिनीलाई कसैले तपाईंको आँखा अगाडि नै बलात्कार गर्यो भने तपाईं के गर्नुहुन्छ ? ” भन्ने प्रश्न सो पात्रले प्रहरीलाई गरेको छ । 

नाटकमा उच्च ओहोदाका व्यक्तिले अपराध गर्दा कानूनले पनि कुनै सजाय नदिने विसङ्गतिलाई पनि चित्रण गर्न खोजिएकोे छ । आफू कारागारबाट नछुटे छोरा पंकजको हालत के होला भन्ने चिन्ताले उसलाई सताइरहेको छ । नाटकमा कसैको हत्यापछि हत्यारामा पर्ने मनोवैज्ञानिक भावनालाई समेटिन खोजेको देखिन्छ । पाँच मिनेटमा मञ्चित नाटकमा अविदीप मल्लको एकल भूमिका रहेकोे थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप