शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रडक्ट रिभ्युः यसकारण हुण्डाइप्रति आकर्षण, यस्तो छ विशेषता

बिहीबार, २२ असार २०७४, ११ : ५१
बिहीबार, २२ असार २०७४



सन् २००९ तिर हामीमा नेपालमा डिस्ट्रिब्युटर भएर अगाडि बढ्ने क्रममा एउटै सोच हावी थियो– ‘गाडी राम्रो बेच्नुपर्छ ।’ ‘सोरुमहरू जस्तो भए पनि वास्ता हुँदैन थियो ।’ तर आज समय बदलिसकेको छ । मानिसहरूको कन्सेप्ट, स्टान्डर्ड इच्छा मनोकाङ्क्षा हरेक कुरामा पिसफुल, सहजता र व्यवस्थित खोज्छन् ।

विश्वभरि नै आफूलाई कसरी फरक शैली गेटअप र आकर्षण गर्ने कसरी कन्जुमरलाई शान्तिपूर्ण वातावरणमा सहज उत्कृष्ट शैली पस्कने भन्ने कुराको विकास विस्तारसँगै यसैलाई महसुस गर्दै हामीले पनि निकै आकर्षक रूपमा उत्कृष्ट सेवा सोरुम तयार गरेका थियाँै । तत्कालीन समयमा  कोरियाबाट ‘सोल्ड’ डिस्ट्रिब्युटरका लागि स्वीकृति पाएपछि यसले आफ्नो स्थानलाई उच्च महत्वका साथ अघि बढिरहेको छ । तत्कालको कुरा गर्नुपर्दा गत महिना मात्रै हामीले कम्पनीबाट ओभरअलमा बेस्ट डिस्ट्रिब्युटर अवार्डसमेत प्राप्त गरेका थियौँ ।  सुरुमा कतिपय मानिसहरूले हामीलाई किन यत्रो खर्च गरेको भनेर प्रश्न गर्र्थे तर अहिले समग्र अटो लाइनले नै यसलाई महत्व दिन थालेका छन् । हाम्रो कुरा फ्लोअप गरेका छन् । 


सुरुवाती चरणमा थापाथलीमा एउटा सोरुम र धापासीमा  सर्भिस सेन्टर मात्र थियो । त्यस समय स्पेयर पार्टस्देखि ह्यान्डलिङसमेत यहीँ पाइन्थ्यो । त्यसपछि कन्जुमरको रुचि, आकर्षण बढेसँगै मुख्य सहरहरू बुटवल, पोखरा, नारायणगढ लगायत स्थानमा नेटवर्कहरू विस्तार गर्यौं । जो अहिले पनि जारी छ ।

बजार विस्तारः
२०११÷०१२ मा सबै अटोका सबै कम्पनीहरू काठमाडौँ केन्द्रित हुन थाले । मोफसलका बजार लथालिङ्ग हुन थाल्यो । कसैले बजार नै देखेन भन्दा भयो । त्यसपछि हामीले समीक्षा गरेर बाहिरका कस्टमरलाई प्राथमिकता दिनुपर्छ भनेर नेपालका सबै कस्टमरहरूले एउटै सेवा, सुविधाको अनुभव गर्न पाउनुपर्छ भन्ने मान्यतामा  हामीले फरक तरिकाले काम सुरु गर्यौँ । त्यसपछि हामीले ‘हार्डवयर’, ‘सफ्टवयर’ र ‘मेनपावर’लाई प्रभावकारी बनाउँदै लगेका हौँ । आज सबै डिपार्टमेन्टका नेतृत्व गर्ने साथीहरू हामी सफल भयौँ भनेर गर्व गर्नुहुन्छ । 

यसकारण हुण्डाइप्रति आकर्षणः
सबै वर्गका ग्राहकहरूलाई लक्षित गरेर ब्रान्डहरू बजारमा आएका छन् । मार्केट कभर गरेको छ । सेल्स, पियस र सर्भिस सबै सुविधा हामीले उपलब्ध गराएका छौैँ । यी तिनै चीजलाई ब्यालेन्स गरेर अगाडि लगेका छौँ । यही कुरामा मुख्य टार्गेट गरेर इन्भेस्टमेन्ट भएको छ । मेनपावर डेभलप गरेका छौँ । हामीले ३ वटा कम्पोनेन्टमा काम गरिरहेका छौँ । यो मात्रै यस्तो कम्पनी हो, जसले हार्डवयर, सफ्वेयर र ह्युमन सोर्ससमेतलाई महत्वपूर्ण रूपमा लिएको छ । 


हार्डवयर भनेको कस्टमरले आँखाले देख्न सक्ने वस्तुहरू हुन् । हामीले सर्भिस दिने ठाउँलाई भिजिबल रूपमा उत्कृष्ट इन्फ्रास्टक्चर बनाएका छौँ । अन्य सामान्य ग्यारेजहरू हेर्ने हो भने त्यहाँ बस्नसमेत मुस्किल पर्न सक्छ तर हाम्रो सर्भिस एरिया पूरै सफा र ठूलो हस्पिटल जस्तो लाग्न सक्छ । सुरुवातको समयदेखि नै यसरी नै डेभलप गरेका हौँ । 


अब त्यस्तै, सफ्टवेयर भनेको भित्री ‘कम्पोनेट’हरू जस्तै हामीले इन्फ्रान्सट्रक्चर बनायौँ । त्यसको प्रक्रियालाई सजिलो बनाउनको लागि आजको टेक्नोलोजी अनुसार लेटेस्ट सबै चीज इन्स्टल भएको हुनुपर्छ । मोर्डन इक्युपमेन्ट भएको हुनुपर्छ । कस्टमरले पाउने सुविधा पाएका छन् कि छैनन् । वाइफाईको व्यवस्था कस्तो छ ? प्रयोग छ कि छैन ? यी कुराहरू सबै सफ्टवेयरअन्तर्गत पर्छन् ।  


यी सबै काम गर्ने भनेको मेनपावरले हो । मेनपावरमा डाइभर्सिटी दिएको छ कि छैन ? हरेक डिपार्टमेन्टमा नेतृत्व गर्ने  मेनपावर दक्ष छन् कि छैनन् । जिम्मेवार मेनपावरहरू कत्तिको तालिम प्राप्त र अपडेटेड छन् । यसलाई मध्यनजर गरेर नियमित रूपमा तालिमहरूको व्यवस्था गरेका छौँ । यी सबै कुरालाई व्यालेन्समा राखेर काम गर्ने सम्भवतः नेपालमा औँलामा गन्न सकिने कम्पनीहरू मात्रै छन् । जसमा हामी अग्रस्थानमा छौँ । 

आधुनिक सभिर्स सेन्टरमा विविधता :
समयसँगै परिवर्तन हुनु प्रकृतिको नियम हो । पहिले आउने मोडेलका गाडीहरू र अहिलेका गाडीहरूमा नै धेरै फरक छ । अहिलेको टेक्नोलोजीले निकै एड्भान्स गाडीहरू ल्याएको छ । आजभन्दा केही वर्ष पछाडि योभन्दा पनि मोर्डन तथा एड्भान्स गाडीहरू आउने छ । यी टेक्नालोजीहरूको बारेमा हामी पनि अपडेटेड हुनु जरुरी छ । तसर्थ हाम्रो टेक्निसियनहरू अहिलेको लेटेस्ट टेक्नोलोजीहरूको बारेमा दक्षता राख्दछन् । सर्भिस सेन्टरलाई पनि त्यसरी नै आधुनिक र प्रविधियुक्त बनाइएको छ । अहिले हाम्रो फोकस नै यसमा केन्द्रित हो । 

अन्तर्राष्ट्रिय मापदण्डको सर्भिस सेवाः


हरेक चीजको अलग ‘आइडेन्टिटी’ हुन्छ । जुनसुकै देशको कम्पनीले पनि ‘सीआई नम्स’ अनुसार काम गरेका हुन्छन् । सानो ठूलो तलमाथि हुनुसक्छ तर विश्वको जुनसुकै कुनामा गए पनि हुन्डाईको एउटै सर्भिस, सुविधा, इन्फर्मेसन र एक्स्पेरियन्स अनुसार काम हुन्छ, भइराखेको छ ।

राजधानीसहित देशभरि नेटवर्क विस्तारः
हामी बजारको हल्लाको आधारमा भन्दा पनि तथ्याङ्कको आधारमा काम गर्छौं । एउटा गाडी बेचेका छौँ भने त्यो गाडी वर्षको ३ पटक सर्भिसिङमा आउँछ भन्ने स्ट्यान्डर्ड हामीसँग छ । १ हजार गाडी बेच्दा ३ हजार पटक सर्भिसिङका लागि आवश्यक हुन्छ । यसका लागि हामीसँग पर्याप्त सर्भिसिङ सेन्टर, लिफ, मेनपावर छन् कि छैनन् भन्ने कुरालाई आधार मानेर काम गर्छौं । ‘क्यापसिटी युटिलाइजेसन’लाई महत्व दिन्छौँ ।

८० प्रतिशत युटिलाइजेसन हुन थाल्यो भने नेटवर्कहरू त्यही हिसाबले विस्तार गर्छौं । अहिलेसम्म हाम्रो करिब नेपालमा ११ वटा डिलर छन् । सबै डिलरहरूबाट एकै किसिमको सेवा उपलब्ध हुन्छ ।

कस्टमरले सर्भिस सेन्टरको छनौट यसरी गर्नेः
नेपालमा महेन्द्र हाइवेले पूर्वदेखि पश्चिमसँग जोडिएको छ । त्यसैले यो हाइवेसँग नजोडिएका सहर बाहेकका लागि हामीले महेन्द्र हाइवेसँग जोडिएका सहरलाई प्राथमिकता दिएका छौँ । हाम्रो कष्टमरहरूले हुन्डाईको नेटवर्क कहाँ छन्, भनेर ‘स्मार्ट कार्ड’ तथा अन्य माध्यमबाट पनि थाहा पाउन सक्नेछन् । हरेक महिना फिल्ड भिजिट गरिएको हुन्छ । हाम्रा मापदण्डमा बसेर सर्भिसिङ सेन्टरले काम गरेको छ कि छैन त्यसको लागि अनुगमन गरिएको हो । नेपालका ११ वटै नेटवर्कबाट उत्कृष्ट सेवा दिने हाम्रो उद्देश्य हो । 


कतिपय सर्भिस सेन्टरहरूमा आवश्यकताभन्दा बढी पार्टपूर्जाहरू फेरिदिने गुनासो पनि हुन्छ, यसमा सवारीधनी आफैले निगरानी गर्नुपर्ने हुन्छ । यसरी व्यवसाय दीर्घकालीन रूपमा चल्न सक्दैन । मापदण्ड पुगेका सर्भिस सेन्टरहरूमा त्यसो हुँदैन तर एक दुई मापदण्ड नपुगेका ग्यारेजहरूले गलत काम गर्न सक्छन् । त्यसमा सतर्क हुनुपर्दछ । 

हुन्डाईको ११ वटा नेटवर्कहरू  यी हुन्ः 
पूर्वबाट विर्तामोड, दमक, विराटनगर, इटहरी, हेटौँडा, नारायणघाटमा पनि रहेका छन् भने पश्चिममा बुटवल, दाङ, नेपालगन्ज, धनगढी र पोखरामा हाम्रो नेटवर्कहरू रहेका छन् । काठमाडौँमा पर्याप्त जग्गा नहुँदा एउटै छातामुनि सेल्स, सर्भिस सेन्टर र स्पेयर भएको चाहिँ छैन । तसर्थ काठमाडौँमा ३ वटा सोरुम छन् र ३ वटा सर्भिस सेन्टर र स्पेयर पार्टस उपलब्ध छन् । 

सेलिङसँगै सर्भिस सेन्टरमा उच्च प्राथमिकताः 
कतिपयले बिक्रीपछिको सेवालाई महत्व दिइएको हुँदैन; नहुन सक्छ तर हामीले बिक्रीपछि पनि कस्टमरसँग नजिक रहेर सम्बन्ध कायम गरिरहेका हुन्छौँ । यो भने र होइन व्यवहारमा हुने कुरा हुन् । आइडोलोजी सबैको त्यही नै हो तर नदेखिएको हुनसक्छ । सबैले सर्भिस गरेका छौँ भन्छन् तर कस्टमरले यो कुरा अनुभव गरेका छैनन् भने इन्भेस्टमेन्टमा कहाँ गलत छ भनेर खोजी गर्नुपर्छ ।

अन्यभन्दा हुण्डाई यस कारणले फरकः 
विश्वव्यापी रूपमा हेर्दा धेरै देशमा गाडीको नयाँ टेक्नोलोजीको विकास भइसकेको थियो । हुन्डाई मार्केटमा आउँदा अन्य कम्पनीहरू ब्रान्डेड भइसकेका थिए । पछाडि मार्केटमा आउने कम्पनीलाई चुनौती हुनु स्वभाविक थियो । नेपालमा धेरैपछि मात्र गाडीको नयाँ ब्रान्डहरू आएको हो । अन्यभन्दा फरक हुनका लागि हुन्डाईले नयाँ तथा फरक किसिमको भिजन ल्याएको थियो । अहिले अटोमोटिभमा हुन्डाई कम्पनी विश्वमा छैटांै स्थानमा पर्छ । कम्पनीको भिजनअनुसार हामीले नेपालमा काम गरिरहेका छौँ । पछि आएको ब्रान्डका रूपमा हामीलाई चिनिन्छ र पनि हामी अटोमोटिभमा उत्कृष्ट छौँ ।

पछिल्ला योजना यस्ताः


२०१७ मा साना सहरहरूमा नेटवर्क विस्तार गर्दैछौँ । ग्याप रहेको जनकपुर, वीरगन्जलगायतका सहरमा पनि नेटवर्क विस्तार गर्ने तयारीमा छौँ । अन्य क्षेत्रहरूमा पनि रिसर्च गर्दैछौँ । डीडीएसले हामीलाई गाइड गरेको छ । मुख्य गरी कस्टमरको सेवा नै महत्वपूर्ण हो । 

(कम्पनीका जेनेरल म्यानेजर दीपक थपलियासँगको कुराकानीमा आधारित)  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप