शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोजगारीको लागि युएर्इ अाँउदा प्रहरी रिपोर्ट नचाहिने

आइतबार, १८ चैत २०७४, २१ : ००
आइतबार, १८ चैत २०७४

बिनोद श्रेष्ठ
 

युएर्इ -युनाइटेड अरब इमिरेट्स (युएर्इ) सरकारले  रोजगारीको लागि युएर्इ अाउने  कामदारहरुले बुझाउनु पर्ने असल चारित्रिक प्रमाणपत्रको प्रहरी रिपोर्ट बुझाउने पर्ने नियमलाई लागि खारेज गरेको छ ।

युएईको मानव संशाधन मन्त्रालयले अप्रिल १ तारिक देखि लागु हुने गरी उक्त नियम तत्कालको लागि खारेज गरिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएको गल्फ न्युजले जनाएको छ। ट्वीटरमा भनिएको छ,अर्को सुचना जारी नभएसम्मका लागि यो व्यवस्था स्थगित गरिएको छ।

यता नेपाली दुताबास युएर्इले एक सुचना प्रकासित गरी  संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा नयाँ कामदार भिषा (Employment or Work Visa) मा आउने विदेशी नागरिकहरूले ०४ फेब्रुअरी २०१८ देखि लागूहुने गरी Good Conduct and Behavior Certificate अनिवार्य रूपमा पेश गर्नु पर्ने नियम लागू गरेकोमा ०१ अप्रिल २०१८ देखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी रूपमा यो प्रावधान हटाएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ।

युएर्इमा गत फेब्रुअरी देखि नयाँ कामदारहरुको भिसाको लागि प्रहरी रिपोर्ट अनिवार्य गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप