शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता खड्काको अन्तिम बिदाई (फोटो)

आइतबार, १८ चैत २०७४, १८ : १४
आइतबार, १८ चैत २०७४

काठमाडौँ । उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिएको छ । 

उनको पार्थिव शरीरलाई आज बिहान खड्का निवास सानेपामा राखिएको थियो । 

बेलायतमा उच्च शिक्षा अध्ययनरत छोरा अनुराग खड्का काठमाडौँ आएपछि खड्काको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा लगिएको थियो । 

नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी नेता खड्काको पार्थिव शरीरमा पार्टीको झण्डा ओडेर सम्मान व्यक्त गरेका थिए ।

नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए । 

सभापति देउवाले नेता खड्का मुलुकको सपूत भएको पनि स्मरण गराउँदै दिवंगत नेता खड्काको शोकाकुल परिवारजनप्रति समवेदना समेत व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप