शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हैदराबादमा एक दम्पतीले गरे १४ अर्ब भारु घोटाला, सीबीआई समेत आश्चर्यचकित

आइतबार, १८ चैत २०७४, १५ : १७
आइतबार, १८ चैत २०७४

हैदराबाद ।  हैदराबादबाट एक आश्चर्यजनक समाचार आएको छ । समाचार एक दम्पतीको हो, जसले लगभग १४ अर्ब भारुको बैंक घोटला गरे भने पछिल्लो ६ वर्षदेखि उनीहरुले बैंक र आय कर विभागहरुलाई झुक्याइरहेका छन् । 

यो ममिलामा अचम्म पार्ने कुरा भनेको जालसाजी गर्नेहरु यस्तै आरोप लागेका अन्य आरोपीहरु माल्या र नीरव मोदी जस्ता सम्पन्न पनि छैनन् न यिनले बैंकमा कोष स्थानान्तरण गर्दानै आफ्नो नाम बदलेका थिए ।
सीबीआई पनि यीनको घोटालाबाट अचम्मित भएको छ । अर्को रमाइलो कुरा यी जोडीलाई सन् २००८ मा ‘योङ्ग एण्ड डाइनामिक आन्टरप्रेनरशिप’ अवार्ड पाएका थिए ।

यसरी पत्ता लाग्यो जालसाजी
पछिल्लो समय नीरव मोदीको मुद्दा बाहिर आएपछि भारतीय रिजर्व बैंकले सबै बैंकहरुलाई आफ्नो ‘नन परफमिङ्ग असेट्स’ उल्लेख गर्न भने । यसपछि यूनियन बैंक, हैदराबादका म्यानेजर शेख मोहम्मद अलीले व्यापारी सलालिथ तोतेमपोडीले १३ अर्ब ९४ करोडको ऋण लिएको र फिर्ता नगरेको उजुरी सीबीआईमा हाले ।

सीबीआईले जाँच शूरु गर्दा अधिकारीहरु पनि अचम्मित परे । पछिल्लो हप्ता २३ मार्चको दिन देश छाडेर भाग्न लागेका सलालिथ तोतेमपोडीलाई पुलिसले पक्राउ गरेको छ ।

६ वर्षसम्म कसरी उम्के जालसाजी गर्ने दम्पत्ति ?
यस प्रकरणमा एक प्रश्न उठ्छ सलालिथ र उनको पत्नि कविता आखिर यत्रो समय कसरी उम्के ?

व्यबसायी सलालिथले पत्नि कवितासँग मिलेर ७ डिसेम्बर १९९७ मा हैदराबादको बन्जाराहिलमा ‘तोतेम इन्फ्रास्ट्रक्चर लिमिटेड’ नामक कम्पनी शुरु गरेका थिए ।

यूनियन बैंकले सीबीआईलाई दिएको उजुरीमा उनीहरुले एक्सिस बैंकमा खाता खोलेका छन् पाएको बताएको छ । उनीहरुले कन्सोर्टियम बैंकलाई नबताई आफ्नो रकमलाई अलग बैंकमा सार्न लागेका थिए । बैंकको जाँचबाट तलब र शेयरको नाममा रकम अरु बैंकहरुमा स्थानतारण गरेको पत्ता लगाएको छ ।

जाँचमा यो पनि पत्ता लागेको छ कि कम्पनीले कन्सोर्टिय बैंकको खाताबाट ठूलो मात्रामा पैसा कर्नाटक बैंक र फेरी कर्नाटक बैंकबाट आफ्नो निजी खातामा सारेका थिए । 

कम्पनीले ३१ मार्च २०१२ मा आफ्नो कम्पनीको शेयर मूल्य ३ अर्ब ८० करोड देखाएको थियो । त्यस्तै ३१ अगस्त २०१२ मा यो स्टकलाई घटाएर ९६ करोड गरिको थियो । अर्थात् स्टकको जानकारी पनि गलत दिए । यसबाहेक बिक्री गरिएको रकमलाई लोन एकाउण्टमा स्थानतरण गर्नुको साटो अलग अलग खातामा जम्मा गरिएको थियो ।

जाँचमा यो पनि पत्ता लागेको छ कि कम्पनीलाई जनवरी २०१२ देखि अगस्ट २०१२ बीच लगभग १ अर्ब ४५ करोड भारु रकम प्राप्त भएको छ । जसमध्ये १६ करोड भारु मात्र कन्सोर्टियम बैंकको खातामा जम्मा गरिएको छ । बाँकी १ अर्ब २१ करोड भारु गलत तरिकाबाट अर्को खातामा जम्मा गरिएको छ । उजुरीमा भनिएको छ कि कम्पनीले आफ्नो खर्चलाई अधिक देखाउनको लागि लेबर चार्जलाई बढाएर देखायो जबकी बाँकी लागतहरुमा कुनै पनि परिवर्तन भएको छैन । यो काम कोषलाई गलत गरिकाबाट अर्को खातामा सार्नको लागि गरिएको थियो ।

थेग्न नसक्ने ऋणले जालसाजीको बाटो
सलालिथको कम्पनी सडक निर्माण , जलसम्बन्धी कार्य, भवन निर्माणजस्तो सिविल कामसँग जोडिएको थियो । दम्पतीले निक्कै छोटो समयमा यो सफलता हासिल गरेका थिए । कम्पनीले ठूला कम्पनीहरुसँग सब–कन्ट्याक्ट लिन शुरु गरेको थियो ।

यी सब कन्ट्याक्ट पुरा गर्नको लागि तोतेम इन्फ्रास्ट्रक्चरले एक पछि अर्को बैंकबाट लेटर अफ क्रेडिटको सहयताले करौडौ ऋण लिएको थियो । क्षमताभन्दा धेरैको विस्तारले तोतेम इन्फ्रास्ट्रक्चरको टाउको माथि अचानक सबै बैंकको ठूलो ऋण आइलाग्यो । 

त्यसपछि यी दम्पतीले आफ्नो कन्सोर्टियम बैंकहरुलाई धोका दिन थालेका थिए । यसपछिनै कन्सोर्टियमको नेतृत्व गरिरहेको यूनियन बैंकले सीबीआईसँग उजुरी हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप