शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक मोडलको बयान, ‘मेरो स्तन निकै ठूलो भएकाले मानिसहरु मसँग काम गर्न चाहँदैनन्’

बिहीबार, २२ असार २०७४, १० : ५९
बिहीबार, २२ असार २०७४

बीबीसी

अमेरिकी मोडल एमिली रटजकोस्कीले आफ्नो ‘सेक्सी इमेज’ का कारण अन्य महिलाले उनीसँग काम गर्न अस्विकार गरेको बताएकी छिन् ।

रबिन थिकको विवादित भिडियो ट्रेक ब्लर्ड लाइन्समा नृत्य गरेपछि २७ वर्षीया एमिली चर्चामा आएकी थिइन् । एमिलीले हार्पर्स बाजार अष्ट्रेलियासँग आफूसँग कुनै काम नभएको बताएकी छिन् ।

आफू अत्यधिक सेक्सी भएका कारण आफूसँग काम नभएको उनको धारणा छ । यो महिला विरोधी सोचजस्तै भएको एमिलीले बताएकी छिन् । उनले भनिन्, ‘मानिसहरु मसँग काम गर्न चाहँदैनन् किनभने मेरो स्तन निकै ठूलो छ ।’

एमिलीले भनिन्, ‘मेरो स्तनसँग के समस्या छ ? यो महिलाको शरिरको एउटा सुन्दर हिस्सा हो जसका कारण हामी खुसी हुनुपर्छ । यसको पर्वाह कसले गर्छ ? स्तन निकै ठूलो वा सानो भएको विषयलाई किन बहस बनाउनुपर्यो ?’

पछिल्लो वर्ष एमिली र किम कार्दासियनको एक सेल्फी सार्वजनिक भएको थियो । उक्त सेल्फीमा दुबै बाथरुममा टपलेस थिए । एमिलीले आफ्नो उक्त सेल्फीको बचाउ पनि गरेकी थिइन् ।

एमिलीले भनेकी थिइन्, ‘हाम्रो शरिर कामुक हुनसक्छ । एक महिलाको रुपमा यो कुराको स्वतन्त्रता हुनुपर्छ कि उनले कति कामुकता प्रदर्शन गर्नुपर्छ ।’

एमिली ‘गन गर्ल’ र ‘आन्टुराश’ फिल्ममा पनि देखिएकी थिइन् । उनी हलिउडमा करियर बनाउन चाहन्छिन् तर आफ्नो स्वरुपको आधारमा होइन ।

एमिलीका अनुसार उनीबारे जति पनि प्रोफाइल लेखियो ती सबैमा उनी निक्कै सेक्सी भएको बताइएको छ । आफूलाई सेक्स सिम्बोलको रुपमा पेश गरिएको उनको धारणा छ ।

एमिलीका अनुसार कोही सेक्सी हुनु आफैंमा सेक्सिस्ट हो । पछिल्लो वर्ष एमिलीको नग्न तस्बिर उनको अनुमती बिना सार्वजनिक भएको थिया

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप