बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले भने - नो प्रो इन्डियन, नो प्रो चाइना, अब प्रो नेपाली

शनिबार, १७ चैत २०७४, १९ : ४९
शनिबार, १७ चैत २०७४

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब शान्ति, समृद्धि, सुशासन र स्थायित्वको यात्रा पूरा गर्ने बेला आउको बताएका छन् । राजधानीमा आज रिपोर्टस क्लबको २० औं बार्षिक उत्सवमा बोल्दै प्रचण्डले देशले ७० बर्षदेखि विभिन्न खालका अराजकता, र परिवर्तनका लागि ठूला ठूला क्षति बेहोरर आएको बताँउदै अब सबै एकठाँउमा मिलेर प्रकृतिले दिएको सम्पदाको सदुपयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन् । 

उनले भने–‘हामीले संविधान बनायौ, निर्वाचन ग¥यौँ, अब हिंसाको कुरा पटक्कै सुहाँउदैन । अब त्यस खालका गतिविधी कसैले गर्छ भने जनताले निस्तेज पार्नेछन् । अहिलेको उपलब्धीलाई रक्षा गर्न म सबैलाई आग्रह गर्न चाहन्छु ।’ 

उनले अब समय खेर फाल्ने बेला नभएको भन्दै जनताको दिमागमा भ्रम छनेर्् काम नगर्ने संकल्प गर्न सबैलाई आग्रह गर्दै नयाँ राष्ट्रिय संकल्प गरी सुसंस्कार बिकास गर्न आग्रह गरे । 

उनले भने–‘अब एकपटक राष्ट्रिय संकल्प गर्ने अभियान चलाँउ, यसलाई अब आँउने पिडीले आत्मसाथ गर्नेछ । हामीले संकल्प गर्यौ भने नेपाल निर्माण गर्न गाह्रो छैन । दुबै छिमेकीबाट सहयोग लिदै अघि बढ्न जरुरी छ ।’ 

अब प्रो नेपाली 
हिजोका दिनमा नेपाली नेताहरुलाई छिमेकी देशसँग जोडेर फुटाउ र राज गर भने जसरी कसैलाई प्रो इन्डियन, कसैलाई प्रो चाइनिज भनेर विकास हुन नदिने खेल भएको बताए । उनले अब यसरी कसैलाई विभाजन गर्न नसक्ने बताउँदै संभव नभएको उल्लेख गरे । 

उनले भने–‘अब हामी प्रो नेपाल, प्रो नेपाली । दुबै छिमेकीबाट विकासका लागि सहयोग लिने । लामो समय देखिको अस्थिरता अब हट्यो । दुबै देशसँग समान सम्बन्ध बनाउनुपर्ने छ । यसका लागि मिडियाले पनि सहयोग गर्नुपर्छ ।’ 

उनले आफू र प्रधानमन्त्री ओलीको सम्बन्ध १४ बर्षसम्म परिवर्तनका लागि गरेको संर्घषबाट भएको बताए । उनले आफू १४ बर्ष बनबास बसेको छ, ओली १४ बर्ष जेल बसेको उल्लेख गरे । उनले भने– ‘नेपाली जनताको लागि यही नै हाम्रो मिलन बिन्दु भयो ।’  उनले अब भाषण भन्दा पनि एक्सनमा जाने बेला आएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप