तनहुँमा ५० भन्दा बढि विद्यालयहरु मर्ज : मर्ज हुने क्रम बढ्दो
-किरण श्रेष्ठ
तनहुँ - तनहुँ जिल्लामा अहिले सम्म ५० विद्यालयहरु मर्ज भएका छन् । विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरिएको हो । अझै पनि १० जना विद्यार्थी भन्दा कम रहेका विद्यालय २० भन्दा बढि रहेको जिल्ला शिक्षा कार्यालय तनहूँका शाखा अधिकृत रामेश्वर लामिछानेले जानकारी दिए ।
पहाड जिल्लाको हकमा एक शिक्षक वरावर ४५ विद्यार्थी संख्या हुनुपर्ने प्रावधान रहेपनि सो अनुरुप हुन नसकेपछि विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरिएको हो ।
सरकारी विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुनुमा विशेषगरी अँग्रेजी माध्यबाट पठनपाठन नहुनु, ग्रामीण क्षेत्रबाट शहर केन्द्रित बसाई सराई हुनु, जन्मदर नगराइनु र वैदेशिक रोजगार लगायतका रहेको एक अध्ययानले देखाएको सो कार्यालयले जानकारी दिएको छ ।
तनहूँमा हाल सामुदायिक प्राथामिक ३ सय ६, संस्थागत ४२ गरी ३ सय ४८, सामुदायिक निमावि आधारभूत तह ७२, खसंस्थागत ३३ गरी १ सय ५ र सामुदायिक माध्यमिक १ सय १० संस्थागत ५४ गरी १ सय ६४ गरी कूल ६ सय १७ विद्यालयहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा