जीओ अटोमोवाइल्सले ल्यायो नयाँ फोर्ड मस्ताङ्ग
काठमाडौं–नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले विश्व विख्यात फोर्ड मस्ताङ्गको अनावरण गरेको छ ।
गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले उक्त गाडी नेपाल भित्र्याएको हो । फोर्ड मुस्ताङ्ग विश्वमा नै आफ्नो स्टाइल , कार्यकौशलता , शक्तिशाली ईन्जिनको लागि प्रख्यात छ ।
यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।
फोर्ड मस्ताङ्गमा ५.० लिटर , भी८ ईन्जिन जडान गरिएको कम्पनीको भनाई छ, जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ ।
एप्पल कारप्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङ्गमा फोर्ड एसवाईएनसी ३ कम्युनिकेशन मार्फत भ्वाइस कमान्डद्धारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा
-
समाजवाद निर्माणका लागि बलियो कम्युनिस्ट शक्तिको खाँचो