मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीतर्फ खसिरहेको चिनियाँ स्पेस स्टेसन, ठ्याक्कै कहाँ खस्छ भनेर किन अनुमान गर्न सकिएन ?

शुक्रबार, १६ चैत २०७४, १५ : १६
शुक्रबार, १६ चैत २०७४

काम नगरिरहेको चिनियाँ अन्तरिक्ष केन्द्र टियान्गोङ्ग–१ हाल पृथ्वीतर्फ खसिरहेको छ । विज्ञहरु यसबारेमा एक वर्षदेखिनै जानकार थिए तर यो केन्द्र खस्ने समयबारे ठूलो अनिश्चितता कायम थियो । स्टेशनको परिपथको उचाई कम भइरहँदा यो अनिश्चिततामा कमी आएको छ । अब यो अन्तरिक्ष केन्द्र केही दिन भित्रै पृथ्वीमा खस्नेछ भनेर निश्चितताका साथ भन्न सकिएको छ । 

युरोपेली स्पेस एजेन्सीका अनुसार यो ३१ मार्चको मध्यानदेखि अप्रिल १ को विहानबीचमा खस्नेछ ।

वायुमण्डलबाट गुर्जदा यो अन्तरिक्ष केन्द्रको अधिकांश भाग हावासँगको घर्षणले गर्दा जलेर नष्ट हुन्छ तर यसका केही अवशेष पृथ्वी सम्म आइपुग्नेछ । आजको प्रविधिले रोजेट्टा जस्तो पृथ्वीबाट ४०.५ करोड किलोमिटर टाढा ५५,००० किलोमिटर प्रति घण्टाको रफ्तारमा रहेको अन्तरिक्षयानलाई एकदम सटिक रुपमा नियन्त्रण गर्न सकिन्छ । तर पृथ्वीको सतहबाट २०० किलोमिटर माथि रहेको टियान्गोङ्ग–१ पृथ्वीको ठ्याक्कै कुन ठाँउमा कति समयमा ठक्कर खान्छ चाँही भन्न सकिने अवस्था छैन ।

अनियन्त्रित रुपमा पृथ्वीमा झर्दैछ चिनियाँ अन्तरिक्ष केन्द्र

यो किन यति गा¥हो छ त?
न्युटनको नियमले भूउपग्रह पृथ्वीको वरिपरि एकदम गोलाकार वा अण्डाकार परिपथमा परिक्रमा गर्छ भन्छ । तर यो कुरा १,००० किलोमिटरभन्दा तलका भूउपग्रहमा लागु हुँदैन । यो उचाईमा भूउपग्रह पृथ्वीको वायुमण्डलमा यात्रारत रहेकोले फरक पर्छ । वायुमण्डलले भूउपग्रहको गतिमा ‘एरोडाइनामिक ड्रयाग’(हावाको अवरोध) श्रृजना गर्छ । यो बलले भूउपग्रहको गतिलाई अवरोध प्रदान गर्छ । यसले भूउपग्रहको पृथ्वीको सतहतर्फको परिपथ उधोतर्फको चक्करमा बदलिदिन्छ । 

सैद्धान्तिक रुपमा हावाले पार्ने यो प्रभावलाई सटिकताका साथ हिसाब गर्न सकिन्छ । भू–उपग्रहको खसाई हिसाब गर्ने सुत्रमा स्याटेलाईटको गति, वायुमण्डलको घनत्व, भूउपग्रहको आकार, वस्तुको वाह्य सतहको क्षत्र पर्छ ।

यसमा वायुवण्डलको घनत्व सबैभन्दा अनिश्चित रहन्छ । यसमा उचाइ अनुसार फरक पर्छ र एउटै उचाई पनि यो समय समय बदलिरहेको हुन्छ । यसमा सौर्य क्रियाकलापले पनि असर गर्छ ।

सूर्यको चुम्बकीय क्रियाकलापले ११ वर्षको चक्र अनुशरण गर्छ । यसले आवधिक रुपमा विकिरण र चार्ज पदार्थ निष्काशनमा घट बढ बनाइरहेको हुन्छ । यसले वायुमण्डलको ‘आयोनोस्पेयर’ खण्डसँग अन्तरक्रिया गर्छ । यसले त्यसको घनत्वमा बदलाव आइरहन्छ । सौर्य क्रियाकलापको राम्रो सूचक भनेको यसमा देखिने धब्बाको सङ्ख्या हो । तर सौर्य चक्र निगरानी गर्न सकिएपनि यसको क्रियाकलापको स्तरमा पनि अनिश्चितरुपमा परिवर्तन आउँछ । यसले वायुमण्डलको घनत्वमा अकास्मात बदलाब आउन सक्छ ।

अर्को महत्वपूर्ण तत्व भनेको भूउपग्रह पृथ्वी तर्फको खसाइको अन्तिम चरणमा जल्दछ । यसले पनि अवरोधको सूत्रमा थप अनिश्चितता निम्त्याउँछ ।

यसले गर्दा भूउपग्रह पृथ्वीमा ठक्कर खाने विन्दु ठ्याक्कै अनुमान गर्न लगभग असम्भव हुन्छ । तर पनि टक्कर विन्दुबारे खेस्रा अनुमान भने लगाउन सकिन्छ, भूउपग्रहको परिपथको झुकावको आधारमा टियान्गोङ्गको परिपथले यसलाई पृथ्वीको ४३ डिग्री उत्तर देखि ४३ डिग्री दक्षिण अक्षाशंको बीचमा खसाउँछ भन्ने अहिले थाहा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप