शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घाइते लामाको उपचारका क्रममा मृत्यु

शुक्रबार, १६ चैत २०७४, १० : ४६
शुक्रबार, १६ चैत २०७४

जाजरकोट-जाजरकोट—डोल्पा सडकखण्डअन्तर्गत वैरीताल, चिसापानीबीचमा रहेको भेरी नदीमा निर्माण भएको पुलबाट लडेर घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु भएको छ । 

पुलबाट खसेर गम्भीर घाइते भएका बारा गढीमाई नगरपालिका–१५ का २५ वर्षीय सूर्य लामाको उपचारको क्रममा जाजरकोट अस्पतालमा बिहीबार राति मृत्यु भएको हो । चैत ११ गते पुल निर्माणको काम गर्दैगर्दा लामा लडेर घाइते भएका थिए । 

मृतक लामाको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप