शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाकसमा फर्किए रामबहादुर र भिमसेन !

शुक्रबार, १६ चैत २०७४, ०९ : ३४
शुक्रबार, १६ चैत २०७४

युएई । गतहप्ता हृदयघातका कारण मृत्यु भएका कावासोती–१६, नवलपरासीका रामबहादुर खत्री क्षेत्री र दुई महिना अगाडि आत्महत्या गरेका पाल्पा बगनकाली–३ का भिमसेन दमाईको शव आज नेपाल फर्किएको छ ।

परिवारका लागि खुसी कमाउने उद्देश्यसहित खाडी मुलुक आएका उनीहरू आज बाकसमा नेपाल फर्किएका हुन् ।

बिगत ११ बर्ष देखि युएईको शारजाहस्थित लुलु सुपरमार्केटमा कार्यरत रामबहादुर खत्री क्षेत्री र १३ बर्ष देखि युएईको शारजाह स्थित प्लाटिन ३ एलटिडि साफ जोन कम्पनिमा काम गर्दै आएका भिमसेन दमाईको शव आज नेपाल पठाईएको पाल्पाली समाज युएई अध्यक्ष बेद प्रसाद अर्यालले बताए। 

राति सकुसल सुतेका राम बहादुर बिहान मृत अबस्था भेटिएका थिए । उनको हृदयघातका कारण मृत्यु भएको थियो । 

भिमसेनले भने आफ्नै शौचालयमा झुन्डिएर आत्महत्या गरेका थिए । 

दुई महिना अघि नेपाल फर्कन एयरपोट पुगेका दमाई बोर्डिङ पाससमेत लिएर उनी जहाज नचढी कोठामा फर्किएर आफुले दैनिक प्रयोग गर्नै शौचालयको सिलिङ्मा डोरीको पासो लगाई आत्महत्या गरेका थिए ।

उनको आत्महत्या के कति कारण ले भयो भन्ने बारेमा अझै खुल्न सकेको छैन । 
नेपाली दुतावास युएई र पाल्पाली समाजले युएईले उनको शब नेपाल पठाउन सहयोग गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप