शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जता शक्ति उतै भक्ति’, पार्टी कार्यालयको भीड सिंहदरबार र बालुवाटार सर्‍यो (फोटोफिचर)

बिहीबार, १५ चैत २०७४, १४ : २५
बिहीबार, १५ चैत २०७४

 काठमाडौं– पछिल्लो समय मुलुकका दुई ठूला राजनीतिक दलका पार्टी कार्यालय सुनसान देखिन थालेका छन् । 

दैनिकजसो नेता कार्यकर्ताले भरिभराउ हुने एमाले र माओवादी केन्द्रका केन्द्रीय कार्यालय पछिल्लो केही दिनयता सुनसान जस्तै बन्न थालेका हुन् । 

बिहीबार बिहान रातोपाटीकर्मी १० देखि ११ बजेसम्म एक घण्टा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दा कुनैपनि तहका एकजना नेता पनि आएनन् । 

नेतामात्रै होइन, अघिपछि बिहान ८ बजेबाटै भीडभाड देखिने यो कार्यालयमा कार्यकर्ता पनि कमै जाने गरेका छन् । 

एमालेको मात्रै होइन, बिहीबार बिहान कोटेश्वरस्थित माओवादी केन्द्रको कार्यालय पनि सुनसान नै देखिन्थ्यो । 

साढे ११ बजे पेरिसडााडा पुग्दा एक दुईजना कर्मचारीबाहेक कार्यलयमा अरु कोही थिएनन् । 

नेता कार्याकर्ता नगएपछि दुवै पार्टीका नेता कार्यकर्ताले गाडी राख्ने पार्किङस्थल पनि खाली देखिन्थे ।

पछिल्लो समय यी दुबै पार्टीका महत्वपुर्ण बैठक र छलफल  पार्टी कार्यलय छाडेर शीर्ष नेताका निवास (बालुवाटार,खुमलटार, सिंहदरवार ) मा हुन थालेपछि नेता कार्यकर्ता पार्टी कार्यलयमा जान छोडेका हुन् ।

नेता कार्यकर्ताहरु पार्टी कार्यालयमा जाादा कसैलाई नभेटिने भएकाले सिंहदरवार, बालुवाटार र खुमलटारतिरै बढि जान थालेको बताउाछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप