लालपुर्जा माग्दै मेयरलाई ज्ञापन पत्र
कपिलवस्तु लालपुर्जा माग गर्दै राष्ट्रिय मुक्ति आन्दोलन नेपाल कपिलवस्तुले यहाँको बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुलाई ४२ सुत्रिय ज्ञापन पत्र पुुझाएको छ ।
बुधवार नगरपालिका परिसरमा भएको कार्यक्रम मार्फत राष्ट्रिय मुक्ति आन्दोलन नेपालका अध्यक्ष डा.जबी शाहले भुमी सुकुम्बासी, अब्यवस्थित बसोबासी, मुक्त हरवा चरवा, ओर्गाईन, तरायल र बुक्रहीलाई लालपूर्जा दिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
विशेषगरी आठ नम्बरी नौ नम्बरी आकँडा वला, उखडावला, मिनाहाडिवला, ब्लकवला, अमानतिवला मुआब्जावाला सर्ताभर्नावला लगतकट्टीवला मोही तथा गुठिवलाहरुको बारेमा ध्यानाकर्षण गराउदै उनीहरुले हालसम्म जे जति जग्गा जोतभोक बासोबास गर्दै आएका छन् ती सबै जग्गाको नापी गरी अबिलम्ब लालपुर्जा पाउनुपर्ने लगाएतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यहाँको सुकुम्बासी समस्याको बारेमा बिगतमा पनि विभिन्न ठाउँहरुमा यसरी नै ज्ञापन पत्र बुझाएपनि कुनै सुनुवाई नभएको भन्दै अब भने सुनुवाई हुनेमा आफुहरु विश्वस्त रहेको शाहले बताए ।
उनले भने,–‘सुकुम्बासी समस्याको बारेमा यतिबेला सरकार पनि गंभिर भएको महशुस गरेका छौ, अब यहि माग राखेर पुन आउन नपर्ने विश्वास राखेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न