शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्वान्जाओका सार्वजनिक बसमा नेपालको  प्रचार

बुधबार, १४ चैत २०७४, १५ : ५१
बुधबार, १४ चैत २०७४

काठमाडौं–नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनका लागि चीनको ग्वान्जाओमा चल्ने पाँच वसमा नेपाली प्रचार सामाग्री राखिएको छ । 
 ग्वान्जाओ स्थित महावाणिज्य दुतावासको पहलमा स्थानीय रुटमा चल्ने वसहरुमा प्रचार सामाग्री राखिएको दुतावासका कर्मचारी रमेश गैरेले जानकारी गराए ।
महावाणिज्य दुत रवि भट्टराइले प्रचार सामाग्री सहितका वसहरुको मंगलवार उद्घाटन गरेका थिए । यात्रुको चाप हुने रुटहरुमा वसहरु सञ्चालन हुने गैरे वताए । नेपाली संस्कृति झल्कने प्रचार सामाग्रीहरु वसमा राखिएको उनले वताए ।
नेपाली संस्कृति सहितका प्रचार सामाग्री रहेका वसहरुमा लुम्विनी,गौतम वुद्ध तथा जिवीत देवि कुमारीको फोटो समावेश गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप