केन्द्रीय संस्करण

प्राणी अधिकार, साकाहार र स्वस्थता

person access_timeचैत १४, २०७४ chat_bubble_outline0

    यो मेरो विचारको केही अंश अन्नपूर्ण दैनिकमा प्रकाशित भइसकेको छ । तर मैले समाजका प्रत्येक व्यक्तिसामु यो भावना पस्कन चाहेको छु । यसमा मेरो कुनै स्वार्थ छैन । प्राणी अधिकार हनन् भइरहेका आजका अमानवीय क्रुरतालाई अलिकति केलाएर यो थप विचार पस्केको छु । आशा छ, म गलत नबनुँला । 
 

 सन्दर्भ नेपाल साकाहार महासङ्घले आयोजना गरेको ८औँ एसिया प्यासिफिक भेजेटेरियन तथा साकाहार महोत्सव २०७४ सँग जोडिन्छ । नेपाल साकाहारी सङ्घ र अन्तर्राष्ट्रिय साकाहारी सङ्घ (आईभीयू) को संयुक्त आयोजकत्वमा फागुन २६ र २७ गते भव्य कार्यक्रम भयो । प्राणी अधिकारको महŒवपूर्ण कार्यक्रम र आजको युगमा जन्मिएका समस्यासँग रहेर आयोजित अन्तर्राष्ट्रिय स्तरको सम्मेलनले मेरो मनमा खेलिरहेका विचारलाई मलजल गरायो । पशुप्राणीसँग जहाँ देश विदेशका विशिष्ट व्यक्तित्वको सहभागिता साथै आकर्षक कार्यपत्रहरू पेस भए । अन्यन्तै गहन विषय अनि तथ्यपरक प्रस्तुतिको सुन्दर सङ्गठनमा विभिन्न देशको सहभागिता रहेको थियो । सायद यस्तो कार्यक्रम नेपालमा पहिलो पटक नै भएको होला । साकाहारी भोजनको वैज्ञानिकता अनि जीवनको स्वस्थतामा आधारित परिकारको रौनकले मनभरि विचारको दौडाहा चलायो ।

महोत्सवलाई विगत २० वर्षदेखि साकाहारी खानपान अपनाउँदै आएकी बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो । साकाहारी भोजनको महŒवका बारेमा साकाहार जीवन जिउँदै आउनुहुने नेपाली चलचित्रका नायक निखिल उप्रेतीको अति मार्मिक विचार सुन्ने अवसर मिल्यो । काठमाडौँ महेन्द्र पुलिस क्लबमा भएको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, हेल्लो नेपाल, हिमालयन अनटप र जनता बैङ्कको प्रायोजनमा रहेको देख्दा आजको मागलाई सम्बोधन गरिएको भान भयो । सायद आपूm पनि प्राणी अधिकारप्रति चिन्तित भएकैले होला, यस्तो सुन्दर विचारले नेपाली मनहरूलाई पगालोस् अनि प्राणीको स्वतन्त्र विचारलाई प्रहार नगरोस् भन्ने लाग्यो । उक्त कार्यक्रममा साकाहार भोजन अपनाउने नेपालभरिका विभिन्न प्रबुद्ध वर्गलगायत विदेशबाट विभिन्न विशिष्ट व्यक्तित्वको आकर्षक सहभागिता रहेको देख्दा प्राणी अधिकार र अहिंसाका विषयलाई विश्वले सोचेको अनुभूत भयो । कार्यक्रमले मानवका कुकृत्यको दृश्यलाई बोलिरहेको थियो । सन्दर्भलाई याद गरायो, बाइकमा जिउँदा कुखुरालाई खुट्टामा बाँधेर उँधो मुन्टो पारेका दृश्य, गाडीमा सिङ, पुच्छर अनि खुट्टा बाँधिएका अर्थात् हलनचल हुने गरी निर्ममतापूर्वक कोचिएका भैँसीलाई देखेर हाम्रो मन पग्लिन्न रहेछ । म एकछिन पीडामा छट्पटिएँ ।
    

संस्कृतिका नाममा हिंसात्मक सोचले डेरा जमाएका तीता पीडामा हामीले अपसंस्कृतिलाई पनि जन्माएका रहेछौँ । हामी राक्षस, रावण अनि कंशलाई गाली गर्छौँ तर आज मानिस आपैmँमा कति त्रूmर र निर्दयी रहेछ । धर्मका नामले, संस्कृतिका नामले, सोखले प्राणीलाई हत्या गर्छौं, कँज्याएर राख्छौँ । हाम्रो स्वार्थपूर्तिको एकल निरङ्कुशताले ती निर्दोष प्रकृतिका जीवको बाँच्ने अधिकारमा प्रहार गर्छौं । मान्छे आफ्नो बौद्धिकता छाँट्छ तर प्रकृतिका यी उपहारमा बज्र हानिरहन्छ । हामी नै असुरको व्यवहार गर्छौं । पिँजडामा सुगालाई कोच्याएर स्वतन्त्रता निमोठ्ने अरू कोही होइन । हेर्ने नै हो भने चिडियाघरमा अड्काएर प्राणीलाई उसको अधिकार चुँडेका होइनौँ र हामीले !
साकाहार परिकार : स्वास्थ्य सुधार

    यदि बाघलाई अनारस, किबी, कटहरजस्ता फलको स्वादमा रस भिज्ने भए, सिंहले आँपको स्वाद जान्ने भए किन मासु खानु पथ्र्यो र । यो प्रकृतिले मान्छेका लागि यति मीठा र स्वस्थकर खाद्य परिकार बनाएको छ किन मान्छे अर्कोको बाँच्ने अधिकारलाई प्रहार गर्छ । पैसा कमाउने भाँडो बनाउँछ  । सबैभन्दा सुन्दर विषय प्राणीहरूको रक्षा गर्नु सृष्टिको सर्वश्रेष्ठ प्राणी मानिसको दायित्व हो । मानिसमा चेतना भएकै कारणले यो जिम्मेवारी उसका लागि हो तर यसको विपरीत हामी धर्म, परम्परा, स्वाद, स्वार्थका लागि त्रूmरता देखाइरहेका छौँ । हुन त हजारौँ जनाको रोजीरोटी यसै पेसामा निहित छ तर त्यो आनन्दित कर्म होइन । कर्म त गर्नैपर्छ तर सबैको प्राणीको हित हुने कर्म गरे मानिस बाँच्न नसक्ने पनि त होइन । कमसेकम कसैलाई सेवा गर्न नसके पनि कसैको स्वतन्त्रतालाई हानि चाहिँ नपुयरऊँ । यो पृथ्वी उसका लागि पनि हो र उसले पनि मानिसले जसरी नै स्वतन्त्र भएर हिँड्न, घुम्न, चर्न, आपूm अनुकूल बाँच्न पाउनुपर्छ । तिनको असरबाट जोगिएर रहने व्यवस्थाप्रति मानिसले उपाय अपनाउन सक्नुपर्छ । प्राणीको कल्याण गर्ने सोचसँग मानिसमा सकारात्मक विचारको जागरण हुन्छ । हामी नसोची मांसाहारलाई मीठो त मान्छौँ तर त्यो प्राणी कति स्वस्थकर थियो हामीले विचार गर्ने सोचै बनाउँदैनौँ । बाघले मासु पकाएर खानु पर्दैन तर हामीले मरमसला हालेर मीठो बनाउने कत्रो मिहिनेत गर्नुपर्छ । यहाँ सोच्नुपर्ने विषय हो– पक्षाघात, उच्च रक्तचाप, क्यान्सर, मधुमेह जस्ता कैयौँ रोगका लागि मासुजन्य खाना घातक हुन्छ । आज डाक्टरहरूले धेरै रोगको घातक वस्तुको रूपमा यसलाई सल्लाह दिइरहन्छन् । कोलेस्ट्रोल तथा कार्सिनोजिन्स जस्ता मासुमा हुने तŒवले यस्ता रोगलाई जन्माउन र बढाउन उत्प्रेरक भूमिका खेलेको हुन्छ । मासुका लागि खर्चिलो रकम बुझाउनुभन्दा टन्न फलपूmल, सागसब्जी खानुमा सन्तुष्टि छ । मासु खाएका दिन शरीर भद्दा हुने, आनन्द नआउने अनुभव जानकारले बताएकै छन् । सायद यही सत्यतालाई बोध गरेकाले हाम्रा ऋषि, तपस्विले जङ्गलमा गएर फलाहार, जलाहार गरेर तपस्या गरेका कथा पढ्न पाइन्छ । कुनै ऋषिले मांसाहार गरेर तपस्या गरेको तथ्य आजसम्म पाइँदैन । 

    यो देश गौतम बुद्धको देश तसर्थ हामी पञ्चशील सिद्धान्तका विचारलाई अघि सार्छौं तर त्यसैमध्ये पहिलो स्थानको अहिंसाको सिद्धान्त कहाँ छ ? हामी मुखमा राम राम बगलीमा छुरा बोकेर वितण्डा मच्चाइरहेका छौँ । पशुपतिनाथलाई सबै सजीव प्राणीका पति भनेर पुजिनुले के सिकाउँछ, हामीले गमेर हेरेनौँ कि । पवित्र मन्दिर भएको यो देशमा हामी छौँ । नेपाल साकाहारी सङ्घले पेस गरेको आधारलाई नियाल्दा प्राणी कल्याण, स्वस्थता, आर्थिक बचत या त मनोविज्ञान, प्रकृति रक्षा जस्ता विषयमा साकाहारी भोजन लाभदायक हुन्छ । मनोवैज्ञानिक कोणबाट हेर्दा मांसाहारका कारण मानिसमा हिंसाजन्य कुुप्रवृत्तिले डेरा जमाउँछ । शरीरमा रासायनिक असन्तुलन उत्पन्न गराउने हुँदा चिन्ता, डिप्रेसन बढाउँछ, रिसाहा बनाउँछ अनि आपराधिक प्रवृत्तितिर धकेल्ने तथ्यलाई विद्वानहरूले पस्किरहेका छन् । अरूको जीवन लुटेर जिब्रोको तृष्णालाई पूर्ति गर्ने मानिसले प्राणीलाई हत्या गरिरहँदा आज दुष्चरित्रको विकास हुँदै गएको छ । अप्राकृतिक आहारतिर लहसिएको मान्छेले आफ्नै आयुलाई घटाइरहेको छ । अहिले जति हस्पिटल छन्, पहिला त्यति थिएनन्, अहिले जति मानिस तुलनात्मक रूपमा रोगी छन्, पहिला त्यस्तो थिएन । मानिसहरूले घरघरमा अप्रेसन गरेका काटिएको शरीर बोकेर बस्नुपरेको तीतो सत्य हामीसामुमा छ । आईभीयू जर्नलको तथ्याङ्कलाई हेर्दा संसारमा उत्पादित कुल अन्नको ७० प्रतिशत अन्न मासुका लागि पालिने पशुपक्षीलाई खुवाइन्छ भने त्यसबाट ६ प्रतिशत बराबरको मासु उत्पादन हुन्छ । अर्कोतिर धेरैजसो बालबालिकासहित संसारमा २ करोडभन्दा बढी मानिसहरू भोकमरीका कारण मृत्युवरण गर्न विवस बन्ने तथ्यलाई सङ्घले पेस गरेको छ । आज मानिस लोभीपापी बनिरहेको छ । बहुमूल्य छाला, खाक, रौँ जस्ता जीवका अङ्गलाई बेच्ने लालसामा लागेर अवैधानिक चोरी सिकारीको कर्ममा लागि परेका छन् । मानिसका यस्ता कुविचारलाई बदल्न साकाहारी भोजन एउटा अभियान बन्न सक्छ ।
प्राणी अधिकार
    यो पृथ्वी सबैको साझा बसोबासको अधिकार प्राप्त स्थल होइन र ? माछा मासुका कारणले विश्वव्यापीकृत तापक्रम बढ्ने, स्वाइन फ्लु, बर्ड फ्लु जस्ता घातक रोग बढ्नु हिंसाको उपज हो । मानिसमा साकाहार व्यवहारविपरीत सोचकै कारण पाखण्डीपनामा प्रेरणा मिलेको छ भन्दा फरक पर्दैन किनकि यो हिंसाको उपज हो । खसीलाई डिकीमा या छतमा बाँधेका अनि त्यो चित्कारलाई हेपेको दृश्य, किलामा भोकै बाँधेर राखेका प्राणीहरू आखिर स्वतन्त्र छैनन् । घरपालुवा जीवसँग मान्छेले प्रेम गरेको कहाँ हो र ? ती प्राणीसँग मानिसका सामु चित्कार पोख्ने तागत त छैन नै । तिनलाई बोल्ने, चक्का जाम गर्ने, आन्दोलन गर्ने, यो धर्तीमा मैले पनि बाँच्न पाउने अधिकार छ भन्ने नारा घन्काउने शक्ति ती निर्दोष प्राणीमा भएको भए सायद कानुनमा त्यो विषय ओझेलिँदैन थियो होला । आफ्नो स्वार्थको पोको बोकेर मान्छेले संविधानमा त्यो विषयलाई कोर्ने धृष्टता कहाँ गर्छ र ? मानिसले प्राणीलाई प्रेम गरेको देखिन्छ तर अर्कातिर स्वार्थको पुन्तुरो रहेछ । च्वाट्ट काटेर अर्काको शरीरलाई ग्रहण गर्न जान्ने मान्छेको स्वार्थको एकल तानाशाही नियम छ । तर यता बुद्धको देश, ‘अहिंसा परमो धर्म’ भनिन्छ । वेदव्यासको ‘परोपकार पुण्याय पापाय परपिडनम्’ को मन्त्र गञ्जिन्छ । अहो ! भजन र गुणगान पनि गाइन्छ तर व्यवहारमा खोट छैन र ? आज त मासुलाई पाहुना सत्कारको साधन, इज्जत ढाक्ने भाँडो अनि सानको दर्जा दिन्छौँ । हामी केवल स्वार्थको पोको बोकेर कसैको जिउने अधिकारमा बज्र हान्दै छौँ । ‘घट घटमा ईश्वर हुनछन् । सबै प्राणीलाई प्रेम गर ।’ हाम्रा शास्त्र पुराणले सिकाएका छन् । हामी पुण्य कमाउन चाहन्छौँ भने किन ईश्वरले बास गरेका प्राणीलाई हिंसा गर्दै छौँ ? 
  

 एकातिर विवाहको खुसीयाली अर्कातिर निर्दोष प्राणीको अन्त्येष्टि एकैसाथ हुन्छ । इतिहासलाई मानिसले फर्काएर उही असभ्यतातिरै, ढुङ्गे युगकै जङ्गली निर्मम मान्छेको रूपलाई डाक्दै गरेको त हैन ? यो धर्ती मानिसको मात्र पेवा त होइन । यहाँ जो जति समयका लागि बाँच्छ आखिर उसलाई आनन्दसँग जिउने अधिकार हुनुपर्छ । सबै सजीव प्राणीले स्वतन्त्रपूर्वक आफ्नो प्रकृति अनुकूल बाँच्न पाउने हकलाई आज सर्वश्रेष्ठताको दर्जामा आपूmले आपैmँलाई राख्ने मानिसले निमोठिरहेको छ । यदि मान्छेसँग चन्द्रमासम्म पुग्ने खुबी छ भने अर्नाले मच्चाएको विध्वंशलाई रोकोस् । जङ्गली हात्तीलाई क्षति नपुर्याउने गरी जङ्गलमै भुल्ने वातावरण तय गरोस् । यो क्षमता त छ नि मान्छेमा ।
    

आफैले अलिकति शास्त्रसार तŒवलाई कनीकुथी खोतलेँ । देवकार्यमा, पितृकार्यमा मासु त्याज्य छ । चोखोनितो बस्दा, व्रत उपवासमा यो त तामसी आहार हो । हिंसा हो उपकार हुनै सक्दैन । पुण्य कर्मको विपरीत राक्षसी भोजनको प्रतीक पनि त रहेछ । विश्वविख्यात सुकरात, अरस्तु, प्लेटो, सेक्सपियर, डार्विन, गान्धी जस्ता कैयौँ व्यक्तित्व साकाहारी रहेछन् । शुद्ध विचारलाई जन्माउने आधार पो साकाहार रहेछ । मांस भक्षण दानवीय चरित्रको सूचक रहेछ । मलाई त कुतकुति लाग्यो, अहो मानिस मासुले बनेको त हो तर ऊ आफ्नो मासुलाई कति जतन गर्छ, धुन्छ, पखाल्छ, छालासँग पनि गर्व गर्छ । आपूmलाई सफा बनाउँछ तर ती निरीह प्राणीको आहारमा गएर शान्तिलाई बज्र हानिरहेको छ, बिना सङ्कोच... । तिनका पनि त आमाबाबा हुन्छन्, परिवार हुन्छन्, मित्र हुन्छन् तर मानिसले आफ्नो बल र शक्तिको तुजुक देखाउँछ । स्वाद र स्वार्थको पोको बोकेर निर्दोष प्राणीको निर्मम हत्या गर्दै आइरहेको छ । कानुन आफ्ना लागि बनाए पनि पछिल्लो समयमा भने प्रकृति र जीव रक्षा वन्यजन्तु आरक्षणका

लागि मात्र सीमित छ । दुर्लभ जीव रक्षानीति दह्रो हुनु अवश्य सह्राहनीय पक्ष हो । 
    गाईवस्तु हामीले नपाले, बाख्रालाई हामीले नखाए यो पृथ्वीलाई पशुप्राणीले ढाकिहाल्छन् नि भन्ने तर्कमा मानिसको बठ्याइँ रहेको होइन त । कालिज कुखुराकै जात हो । अर्ना भैँसीको जात हो । मृग बाख्राकै वर्ग हो– संसार ढोकेको लाग्दैन । पशुप्राणीलाई प्रकृतिबाटै उठाएर ल्याएको मान्छेले आज यी विषयमा सोच्न पनि जान्नुपर्छ । आजभोलि त गाई छन्, डेरी छन्, तर बाछा र पाडा कहाँ पुग्छन् भन्नेसम्मको निर्मम व्यवहारसँग प्रश्न गर्ने स्थिति आएका छन् । सानो बाख्रोको पाठापाठीलाई प्रेम गर्ने मानिसको स्वार्थसँग उसकै मासु लुछ्ने धृष्टता कसरी जन्मिएको होला ? उसको आफ्नै जीवन पद्धति छ । बाघले सिकार गर्नु उसको प्रवृत्ति, प्रकृति पनि हो । किनकि उसलाई यो संसार निर्माताले, प्रकृतिले मासु खाने लामा दाँत दिएको छ । उसँग मासु लुछ्ने नङ्ग्रा हुन्छ । हामीलाई मीठो लाग्ने फलपूmलसँग उसलाई दिलचस्पी रहँदैन । साकाहारीका तुलनामा तिनमा राति आँखा देख्ने शक्ति बढी रहेको पाइन्छ । मांसाहारीले जन्मने बित्तिकै आँखा देख्दैनन् । अरू प्राणीले पानी पिउँछन्, घटघटी खान्छन् तर तिनले चाटेर पानी खान्छन् । मुख पनि बढी ठूलो अनि लामो क्षेत्रसम्म चौडा रहेको हुन्छ । तिनको मुख चौडा हुन्छ । मांसाहारीको आन्द्रा छोटो हुने विज्ञको मत रहेको छ भने साकाहारीमा पसिना कम आउने विशेषता रहेको बुझिन्छ । 

    विश्व शान्तिको महायज्ञमा एकजुट हुने बेलामा हामीले हिंसाको बाटोबाट अलग रहन सक्नैपर्छ । युद्ध, रक्तपात, मांसाहार केही जीवका लागि प्रकृतिले बनाइदिएको खाद्य शृङ्खला हो त्यो मानवीय गुण होइन । मानिसका कारणले प्राणीलाई असह्य पीडा भइरहेको छ । बोल्न सक्दैनन् तर वेदना र हृदय तिनमा पनि छ । काखको बच्चालाई मानिसले भन्दा शिक्षा दिइरहेको हुन्छ । सङ्घर्ष सिकाएको हुन्छ । सहयोगको भावना हुन्छ । तर, त्यो संवेदनाबाट हामी चुक्दैछौँ । प्रकृतिले मानिससँगै बाँच्न यो पृथ्वीमा तिनको अस्तित्व दिएको हो । प्रकृतिले हाम्रा लागि कति मीठा मीठा फलपूmल, अन्नपात बनाइदिएको छ । ती प्राणीलाई दया गर्नु हाम्रो कर्तव्य होइन र ? ती प्राणीहरू हाम्रा भोग्या वस्तु होइनन् । घरपालुवा जनावर अर्थात् मानिससँगै रमाउने जीवलाई शरणको मरण गर्ने मानवीय स्वभाव हुन नसक्ला । पशुप्राणीको स्वतन्त्रतालाई सम्मान गरौँ । कमसेकम आफ्नो स्वार्थका लागि तिनका आँशुको कारण हामी नबनौँ । 

अब त यन्त्रको विकास भएको छ । यदि सर्वश्रेष्ठ हौँ भने त्यो प्रकृतिको सौगातलाई प्रेम गरेर बुद्धिमतापूर्वक बाँच्न र बचाउन पनि सिकौँ । कति आनन्द आउला एक पटक सोचौँ । अनि स्वस्थ, स्वच्छ र पवित्र जीवनका लागि साकाहार खानाको महŒवलाई बुझौँ । प्राणीको बाँच्ने अधिकारप्रति पनि हामी सचेत बनौँ । 
Bhattarairamesh353@gmail.com
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ