शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साईप्रसमा नेपालीका लागि बन्ने भयो ‘सेफ हाउस’

बुधबार, १४ चैत २०७४, १० : ५४
बुधबार, १४ चैत २०७४

निकोसिया–युरोपेली मुलुक साईप्रसमा पहिलोपटक नेपालीहरुका लागि सेफ हाउस (सुरक्षीत घर) स्थापना हुने भएको  छ ।  
साईप्रसमा रहेका नेपाली समुदायहरुलाई आइपर्ने समास्यालाई मध्यनजर गर्दै नेपाली नयाँ बर्ष २०७५ को अवसर पारेर गैरअवसीय नेपाली सघं साईप्रसले सुरक्षीत घर स्थापनार्थ सांगितिक धमाका कार्यक्रम गर्ने भएको छ । 
राजधानी निकोसीयास्थित  त्रिकिस प्यालेसमा सघंले आउदो अप्रिल ८ तारिखमा सांगितिक धमाका गर्न लागेको हो । प्रवासमा नेपाली समुदायहरुको कला र लोक संस्कृतिको संरक्षण,सम्बद्र्धन एवं र नेपालीमा अकास्मात आईपर्ने समास्यालाई समाधान गर्न सेफ हाउस स्थापना गर्न कार्यक्रम आयोजना गर्न लागिएको सघंका अध्यक्ष सुबास मल्लले जानकारी दिए ।
नेपाली बाणिज्य दुतावास साईप्रसको संरक्षकत्व एवं साईप्रसमा क्रियाशिल नेपाली संस्थाहरुको सहआयोजनामा कार्यक्रम हुन लागेको हो ।
सेफ हाउस स्थापर्नाथ गरिने कार्यक्रममा नेपालका चर्चित रियलीटी सो नेपाल आईडियलका सागर आले मगर , हिमालया ईन्टरनेशनल अर्वाड २०१७ का बिजेता दिपक राई, लोक गायक वि.वि मल्ल लगाएत साईप्रसमा रहेका नेपाली कलाकारहरुले प्रस्तुति दिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप