शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाबाट नयाँ टेलिभिजन कार्यक्रम ‘यु स्टार्ट अगेन’ सुरु हुने

बुधबार, १४ चैत २०७४, १० : ५२
बुधबार, १४ चैत २०७४

अमेरिका–पत्रकार सूर्य थापाले अमेरिकाबाट नयाँ टेलिभिजन कार्यक्रम ‘यु स्टार्ट अगेन’ सुरु गर्ने भएका छन् ।
आइतबार ड्यालसको युलेसमा आयोजित विशेष कार्यक्रममा थापाले अमेरिकामा रहेका नेपाली समुदायको उतार चढाव, प्रगति, उन्नतिका विषय समेटेर यु स्टार्ट अगेन सञ्चालन गर्न लागेको जानकारी दिए । 
अमेरिकामा रहेका प्रवुद्ध नेपाली समुदायको बाक्लो उपस्थिती रहेको कार्यक्रममा थापाले कार्यक्रम सुरु गर्नुपर्नाको पृष्ठभूमिका बारेमा उल्लेख गर्दै भने–‘अमेरिकामा रहेका नेपालीहरुको आमुल परिवर्तन त गर्न सक्दिन, तर हाम्रो समुदायले गरेका, भएका कामहरुका बारेमा भने मिडियामार्फत सार्वजनिक गरेर अरुलाई पनि उत्प्रेरणा भने दिने काम गर्नेछु ।’
आफ्नो कार्यक्रमले अमेरिकामा रहेका नेपाली समुदायलाई मात्र नभएर विश्वभरि छरिएर रहेका नेपालीलाई समेत जोड्ने बताए ।
कार्यक्रममा नायक राजेश हमालले अबको दुनियामा सूचना, सत्य र तथ्यलाई समेत समावेश गर्दै मानवीय पक्षलाई समेत समेटेर टेलिभिजन शो सञ्चालन गर्न सुझाव दिए । कार्यक्रमका नेपाल सरकार परराष्ट्र मन्त्रालयका सल्लाहकार तथा एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष खगेन्द्र जिसीले बाहिर रहँदा नेपालीहरुमा आइडेन्टीको समस्या देखिएको उल्लेख गर्दै यु स्टार्ट अगेनले त्यो समस्या समाधान गर्नमा सहायक सिद्ध हुने आशा व्यक्त गरे ।
कार्यक्रममा अवैतनिक महाबाणिज्यदूत ऋषि ढकालले परिस्थिती अनुसार इन्टिग्रेट हुनसक्नुपर्ने सुझाव दिए । अमेरिकाले नेपाली उत्पादनलाई दिएको भन्सारमुक्त प्रवेश सुविधाका बारेमा नेपाली मिडियाले इस्यु उठाएर सहयोग गर्नुपर्नेमा ढकाललको जोड थियो ।

त्यस अवसरमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले समाजलाई सही गतिमा लैजाने क्षेत्रमा मिडियाको ठूलो भूमिका रहने उल्लेख गर्दै अमेरिकामा सफल हुनका लागि ‘नेभर टु लेट’ शुत्रको महत्व रहेको उल्लेख गरे ।

उद्घाटन कार्यक्रमममा टिभी शोको सफलताको कामना गर्दै नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शूभकामना सन्देश समेत पठाएका थिए । प्रमं ओलीले सन्द्येशमा टिभी शोले नेपालमा रहेका नेपाली र अमेरिकाका रहेका नेपाली समुदायलाई जोड्ने, नयाँ नेपाल निर्माणमा अमेरिकामा रहेका नेपालीहरुबाट यथोचित योगदानको अपेक्षा गरिएको उल्लेख गरेका छन् ।

कार्यक्रमको सफलताको लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, नेकपा एमाले सचिव योगेश भट्टराई, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, न्यूयोर्क स्थित नेपाली कन्सुलर जनरल मधु मरासैनी, एनआरएन महासचिब डा बद्री केसी कलाकारहरु बद्री पँगेनी, सीताराम कट्टेल ‘धुर्मुस’ ले पनि भिडियो सन्देश पठाएका थिए ।

नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष कृष्ण लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एनआरएन आइसिसीका सल्लाहकार हरिबोल भण्डारी, एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाह, प्रवासी मञ्चकी केन्द्रीय उपाध्यक्ष यमुना भट्टराई, अल नेप्लिज एसोसिएसन अफ अमेरिकाका महासचिव विजयराज भट्टराई, हेम सरिता फाउण्डेसनका हेम पाठक लगायतले कार्यक्रमको सफलताको लागि शूभकामना व्यक्त गरेका थिए ।

पछिल्लो समयमा टेक्ससको ड्यालस नेपाली समुदायको ‘हब’का रुपमा विकास हुँदै गरेको र यहाँबाट टिभी शो सञ्चालन हुनु समुदायका लागि खुशी र गौरवको विषय भएको उल्लेख गर्दै वक्ताहरुले निरन्तरताको लागि शूभकामना दिएका थिए ।

हरेक दुई साताको अन्तरमा तयार भएर प्रशारण हुने टिभी शो ‘यु स्टार्ट अगेन’ नेपालमा समेत प्रशारण हुनेछ । विगतमा नेपालमा छँदा एबिसी टेलिभिजनका लामो समय काम गरेका थापाले अमेरिका आएपछि न्यूयोर्कबाट ह्वाइट हिमाल टिभी सञ्चालन गरेका थिए । ‘यु स्टार्ट अगेन’ लाई नेपालीहरुको सफलतासँग जोडेर प्रशारण गर्ने तयारी गरिएको थापाले उल्लेख गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप