शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फोर्ब्स ३० वर्ष मुनीका ३०’  को सूचीमा नेपाली चेली कन्चन छनोट

बुधबार, १४ चैत २०७४, १० : ४८
बुधबार, १४ चैत २०७४

अमेरिका– विश्वकै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सको ‘फोर्ब्स ३० बर्ष मुनीका ३०’ २०१८ सूचीमा नेपाली चेली कन्चन अमात्य परेकी छन् ।

उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा छनोट गरेको हो । काठमाडौँ ललितपुर निवासी तथा हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन अमात्य पिता जगदिश मान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी छोरी हुन् ।

२०१८ फोर्ब्स ३० अन्डर ३० एसिया नामक उक्त सूचीमा अमात्य लगायत प्रसिद्ध व्यक्तिहरु परेका छन् । सूचीमा हिरोशी मिकितानी ,प्रमुख कार्यकारी अधिकारी (सीईयो) (राकुटेन ,सिनो भेसन उद्यमका काइ फुलि,संगीत निर्देशक,कलाकारहरु लगायत समेत छन् । 

फोर्ब्सकेा सुचिमा परेपछि अमात्यले भनिन् ‘विश्वभरका लाखौं महिलाहरू भेदभावको सामना गर्छन् र आजका अवसरहरूलाई कम पारि दिन्छन् । यो मान्यताले मलाई महिलाहरुका लागि सक्रिय, सुरक्षित र निष्पक्ष रुपमा काम गर्नका लागि नयाँ अवसर सिर्जना गर्ने अवसर र प्रेरणा हो ।’ बिघटन तथा नविन पद्धति नामक बिषय वस्तु तय गरिएको यस बर्षको सूची बिशेषताका ३ सय खेल परिवर्तन गर्ने ३० बर्ष तल उमेरकालाई १० वर्गमा विभाजित बनाईएको थियो ।

 २३ बर्षिय अमात्य युवा नेपाली सामाजिक उद्यमी तथा हाल उनि युएन महिला ग्लोबल च्यामपियन फर वुमेन ईमपावर मेन्ट एन युएन जिरो हंगर च्यामपियन हुन् । 

अमात्य विल क्लिन्टन फाउन्डेसन संस्था अन्तर्गत नेपालमा संचालित दिर्घकालिन माछा पालन व्यवसायकी संस्थापक तथा कार्यकारी निर्देशक पनि हुन् । उनको संस्थाले खाद्यान्नको असुरक्षा र दिर्घकालिन जल संस्कृति गरीबीको समाधान गर्न मद्धत गर्दछ । त्यति मात्र हैन उनको संस्थाले ग्रामिण महिलाहरुलाई बित्तिय सहयोग ,प्रबिधि ,स्थानीय पूँजी प्रदान गर्नुको साथै आफ्नै स्वामित्व साना उद्यम संचालन गर्न तालिम समेत दिने गर्दछ ।

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको थियो । अमात्य काठमाडौँको सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वल्र्ड कलेजमा नेपालको प्रतिनिधित्व गर्दै अध्ययन गर्ने मौका पाएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप