प्रधानमन्त्री ओलीले अर्को नमुना काम गर्दै, को होला त्यो लिस्टमा पर्ने बच्चा ?
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस बर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवटारमा आज प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले आगामी बैसाख ५ गतेका दिन विद्यालय जाने उमेरको कुनै बालक÷बालिकालाई घरबाट आफैले विद्यालयमा लगेर भर्ना गराउने बताएका हुन् ।
“यसपालीको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरको एकजना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छु” प्रधानमन्त्री ओलीले भने, “मन्त्री र माननीयहरुले पनि त्यसै गर्नुहुन्छ ।” निरक्षरतालाई दुई बर्षभित्र उन्मुलन गर्ने नीति अन्तरगत यसपालिको विद्यालय भर्ना अभियानलाई ब्यापकता दिन लागिएको प्रधानमन्त्री ओलीले बताए । “अब दुई बर्षमा नेपालबाट निरक्षरता उन्मुलन गर्नका लागि यसपाली प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशका मुख्य मन्त्री, मन्त्री,सांसद र स्थानीय तहका सबै जनप्रतिनिधिले एक÷एक जना बच्चा लगेर विद्यालयमा भर्ना गराउने छन्” प्रधानमन्त्री ओलीले भने ।
उनले मधेसका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकोले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो भएको बताएका छन् । “मैले निश्चित त गरिसकेको छैन तर तराईको कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने ईच्छा मलाई छ ” प्रधानमन्त्री ओलीको भनाई थियो ।
यस अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभई विद्यालयको पढाइ पुरा गराएर शतप्रतिशत साक्षरता भएको देशमा नेपाललाई पुर्याउनका लागि भएको प्रधानमन्त्री ओलीको भनाई थियो । “यो एउटा उत्प्रेरणा जगाउने अभियान हो” प्रधानमन्त्री ओलीले भने, “नेपाललाई अगाडि बढाउन अब सरकारले अब यस्तै उत्प्रेरक अभियान सबै क्षेत्रमा सुरु गर्छ ।” प्रधानमन्त्री ओलीले विद्यालय भर्ना गर्ने बालबालिका डोम वा मुसहर जातिको हुने निश्चित भएपनि कुनचाहि बच्चा उनले भर्ना गर्ने लिष्टमा पर्छ त्यो भने निश्चित भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण