शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानकी पहिलो तेस्रोलिङ्गी टीभी प्रस्तोता

मङ्गलबार, १३ चैत २०७४, १६ : १९
मङ्गलबार, १३ चैत २०७४

कराची । एक पाकिस्तानी समाचार च्यानलले सो राष्ट्रको पहिलो तेस्रोलिङ्गी समाचार–बाचिका नियुक्त गरेको छ ।

बीबीसीसँगको कुरामा पत्रकारिता पढेकी मारभिया मलिकले आफूले जागिर पाउदाँ भावुक भएको बताइन । विगतमा उनी मोडलको रुपमा काम गर्थिन् । 

शुक्रबार उनले निजी प्रशारणकर्ता च्यानल कोहीनुरमा पहिलो पटक समाचार बाचन गरिन् । उनले यसका लागि तीन महिनाको तालिम गरेकी थिइन । 

पाकिस्तानमा तेस्रोलिङ्गीहरुलाई विभेद गरिन्छ र तिनलाई काम पाउन निक्कै गा¥हो पर्छ । 

रोजगारी नहुदाँ जिविका लागि तिनीहरु माग्न, नाच्न र वेश्यावृत्ती गर्न बाध्य हुन्छन् । 

मलिकले बीबीसीसँगको कुरामा आफूले जागिर पाएको खबर पाउदाँ खुसीले चिच्याउनबाट रोक्नुपरेको बताइन् । 

“म मेरो सपना तर्फ एक खुट्कीलो चढ्न सफल भएको थिएँ,” उनले भनिन् । 

उनले आफ्नो सफलताले पाकिस्तानी ट्रान्सजेन्डर समुदायलाई प्रेरित गर्ने आशा व्यक्त गरिन् ।

“हाम्रो समुदायलाई समान व्यवहार गरिनुपर्छ । कुनै पनि लैङ्गीक भेदभाव हुनुहुदैन । हामीलाई बराबर अधिकार दिइनुपर्छ र हामीलाई तेस्रोलिङ्गीभन्दा पनि सामान्य नागरिकजस्तै ठानिनुपर्छ ।”

उनले थपिन्: “मेरो परिवारलाई मैले मोडलिङ्ग गर्छु भन्ने थाहा थियो । अहिले तिनलाई मैले समाचार बाचन गरेको पनि थाहा छ । यो समाजिक सञ्जालको युग हो , मेरो परिवारलाई मेरोबारे थाहा नभएको कुरा केही छैन । तर पनि तिनले अझै मलाई स्वीकारेका छैनन् । ”

कोहीनुर समाचार संस्थाका मालिक जुनाएद अन्सारीले भी.ओ.ए. सँग कुरा गर्दै भने कि मलिक उनको लिङ्गको आधारमा नभएर क्षमताका आधारमा छनौट भएकी हुन् ।  

यो महिनाको शुरुतिर पाकिस्तानको सिनेटले तेस्रो लिङ्गी मानिसहरुको अधिकार संरक्षण गर्ने कानून पारित गरेको थियो । यस कानुनले तिनलाई आफ्नो लिङ्गको पहिचान निर्धारण गर्ने अधिकार दिएको छ ।

जुन २०१६ मा एक २३ वर्षे तेस्रो लिङ्गी अधिकारकर्मी मेडिकल उपचारमा भएको ढिलाईको कारण मरेकी थिइन् ।

‘अलिसा’ नामक ति अधिकारकर्मीलाई आठ गोली लागेर गम्भिर अवस्थामा अस्पतालमा ल्याइ पु¥याइएको थियो । उनका साथीहरुका अनुसार अस्पतालका कर्मचारीहरुले उनलाई महिला वार्डमा भर्ना गर्ने कि पुरुष वार्डमा राख्ने निर्णय गर्न नसक्दा भएको ढिलाईका कारणले उनको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप