विदेशी कुटनीतिज्ञहरुलाई प्रधानमन्त्रीको ब्रिफिङ : नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा ‘नो कम्प्रोमाइज’
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारको योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई ब्रिफिङ गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीको कार्यलयमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आफ्नो सरकारले कुनै पनि सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुटनीतिज्ञहरुलाई स्वागत सम्बोधन गर्दै सरकारले सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोगको अपेक्षा राखेको बताएका थिए ।
‘हाम्रो विदेश नीति नयाँ आन्तरिक प्राथमिकता र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप निदृष्ट हुनेछ,’ मन्त्री ज्ञवालीले भने, ‘नेपालले जहिले पनि विश्वका सबै मुलुकहरुसँग सुमधुर सम्बन्ध कायम राखेको छ । ऐतिहासिक रुपमा हामीले हाम्रा छिमेकीहरुसँग राम्रो सम्बन्ध रहँदै आएको छ । अन्य देशहरु, विकास साझेदार र मित्र राष्ट्रहरुसँग हाम्रो सम्बन्ध आपसी विश्वास, मित्रता र सहकार्यमा आधारित रहेको छ ।’
मन्त्री ज्ञवालीपछि प्रधानमन्त्रीले सरकारका नीतिबारे ब्रिफिङ गरेका थिए ।
यस्तो थियो प्रधानमन्त्री ओलीको ब्रिफिङ
– पछिल्लो एक दशकमा नेपालमा ऐतिहासिक अनुपातमा परिवर्तन भएको छ । यो परिवर्तनको प्रभाव राजनीतिक क्षेत्रमा मात्र नभएर राष्ट्रिय जीवनको सबै क्षेत्रमा परेको छ ।
– निर्वाचित संस्थाहरुमा महिलाहरुको प्रतिनिधित्व ४१ प्रतिशतस सुनिश्चित गर्न हामी सफल भएको कुरा यहाँ राख्न पाउँदा निकै खुसी छु । यो कुनै पनि हिसाबमा चानचुने उपलब्धि होइन । बाँकी ९ प्रतिशतको दुरीलाई पनि कम गर्न थप प्रयासहरु गरिनेछ ।
– अहिले हामी राजनीतिक स्थिरताको युगमा प्रवेश गरेका छौँ । यो स्थितिसम्म पुग्न हामीले ठूलो मूल्य चुकाएका छौँ । हामीलाई विश्वास छ हाम्रा मित्र र हित चाहनेहरुले शान्त, स्थिर र समृद्ध नेपाल हेर्न चाहन्छन् र नेपाली जनताको ऐतिहासिक उपलब्धिमा खुसियाली मनाउन चाहन्छन् ।
स्वतन्त्रता र सार्वभौमिकतामा ‘नो कम्प्रोमाइज’
–अहिलेको सरकारको उद्देश्य भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली ’ हो । यसको नीति र कार्यक्रम ६ आधारभूत खम्बामा आधारित हुनेछ । पहिलो हो, राष्ट्रियता । हामी राष्ट्रियतालाई हाम्रो सार्वभौमिकता, अखण्डता, राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय चाँसोको पूर्तीको रुपमा लिएका छौँ ।
– हामी नेपाली हाम्रो स्वतन्त्रता र सार्वभौमिकताको लामो र महान् इतिहासलाई गर्व गर्छौं । हाम्रो स्वतन्त्रता र सार्वभौमिकतालाई राष्ट्रिय चाँसो र समृद्धिका लागि बचाउ गर्न प्रतिबद्ध छौँ । यस विषयमा कुनै सम्झौता हुनेछैन ।
– राष्ट्रको रुपमा हामीमाथि कहिले पनि बाहिरी शक्तिले राज गर्न सकेनन् । सार्वभौकिता, स्वतन्त्रता र गैरहस्तक्षेपको सिद्धान्तलाई आत्मसाथ गर्छौँ ।
– हामी प्रजातन्त्रमा विश्वास गर्छौं र यसलाई कसैले हामीबाट खोसेर लैजान सक्दैन ।
– त्यस्तै, हामी समानतामा आधारित सामाजिक न्यायबिनाको शान्ति र समृद्धि कल्पना गर्न सक्दैनौँ । हाम्रो समाज विविधताले भरिएको छ । विविधतामा एकता नै नेपाली विशेषता र शक्तिको आधारभूत स्रोत हो ।
– समावेशी सिद्धान्त हाम्रो संविधानको सही स्पीरिट हो र हामी त्यसलाई लागू गर्न तत्पर छौँ ।
– हाम्रो समाजमा हिंसाका लागि कुनै ठाउँ छैन । विभिन्न बहानामा हाम्रो समाजिक सदभाव खलबलाउने प्रयासहरु हुन सक्छन् । केही तत्वहरुले द्वन्द्व र कलहको निरन्तरामा विश्वास गर्न सक्लान् ।
– कसैको गोप्य एजेण्डामा हाम्रो जनता शोषित भएको हेर्न चाहँदैनौँ । हामी एकताबद्ध भएर सबै स्रोतसाधन प्रयोग गरेर विभाजन र अस्थिरता चाहने शक्तिहरुलाई परास्त गर्नेछौँ र जनताको उन्नतिका लागि काम गर्नेछौँ ।
– विधिको शासन शासनविधिको केन्द्रविन्दुमा हुनेछ र त्यसलाई प्रभावकारी रुपमा लागू गरिनेछ । भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाइनेछ । हाम्रो लक्ष्य भनेको भ्रष्टाचारमुक्त शासन हो ।
‘सबैको मित्र बन्ने र कसैको दुश्मन नबन्ने’
–स्वतन्त्र विदेश नीति र सन्तुलित व्यवहार हाम्रो बाह्य सम्बन्धको पहिचान हुनेछ ।
–सरकारको विदेश नीति पञ्चशील, असंलग्नता, संयुक्त राष्ट्र संघको चार्टर, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको सिद्धान्तबाट निर्देशित हुनेछ ।
–‘सबैको मित्र बन्ने र कसैको दुश्मन नबन्ने’ हाम्रो उद्देश्य हुनेछ । हामी सबैलाई असल मित्रका रुपमा व्यवहार गर्न चाहन्छौँ । हामी भारत र चीन दुवैसँग मित्रवत सम्बन्ध राख्न चाहन्छौँ जुन आपसी विश्वासमा आधारित हुनेछ ।
–नेपालको उन्नतिका लागि हाम्रो छिमेकीको सद्भावका लागि धन्यवाद दिन चाहन्छु । यो सम्बन्धलाई सहकार्यको सबै क्षेत्रमा थप मजबुत बनाउन चाहन्छु ।
हामी हाम्रो छिमेकीको वैद्य चासोलाई सम्मान गर्छौँ र उनीहरुविरुद्ध नेपाली भूमिलाई प्रयोग गर्न नदिने प्रतिबद्धता जनाउँछौँ ।
– हाम्रो विकास साझेदारहरुबाट प्राप्त सहयोग र समर्थनका लागि धन्यवाद दिन चाहन्छौँ । हाम्रो प्राथमिकताहरुमा आधारित भएर सरकारी संयन्त्रमार्फत सहयोग गर्न आग्रह गर्छौं ।
– हामी शान्ति, सुरक्षा, विकास र मानवअधिकारमा समान प्राथमिकता दिनेछौँ । नेपालले संयुक्त राष्ट्रको शान्ति कायम गर्ने मिसनमा प्रभावकारी रुपमा भाग लिएर अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहनेछ ।
– संक्रमणकालिन न्यायको प्रक्रिया आन्तरिक र बाह्य दबाब र प्रभावबाट मुक्त भई निष्पक्ष तरिकाले अघि बढ्नेछ । दुईवटा आयोगबाट यसबारे काम भइरहेको छ । मानवअधिकारको गम्भिर उल्लंघनको विषयमा आममाफी हुनेछैन ।
छलफलपछि मन्त्री ज्ञवालीले सरकार दुई तिहाइको घमण्ड नगर्ने भन्दै विकास र सहकार्यमा सरकार तयार तयार रहेको जानकारी गराएको बताए ।
‘नेपालले हस्ताक्षर गरेका अन्तराष्ट्रिय सन्धीसम्झौता पालना गर्छ । अन्तराष्ट्रिय जगतले दुविधा नराखे हुन्छ । छिमेकी लगायत दुई देशका बीचमा समदुरी कायम गर्छौ । लगानी मन्त्री बातावातरण बनाउछौ, तपाइहरु लगानी गर्न डराउनुपर्दैन’ भनेर ब्रिफिङ भयो मन्त्री ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र