सके साथ देऊ, नसके हात नहाल : प्रधानमन्त्री ओली
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन (ईयु)लाई नेपालको आन्तरिक मामिलामा हात नहाल्न चेतावनी दिएका छन् ।
सोमबार बालुवटारमा ‘नेपाल–चाइना सम्बन्ध’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले इयुलाई यस्तो चेतावनी दिएका हुन् । गत निर्वाचनबारे इयुले सार्वजनिक गरेको प्रतिवेदनप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सके साथ दिन र नसके हात नहाल्न भन्दै नेपालीहरुले गरिखान लागेका वेला कच्याङमच्याङ नगर्न भनेका हुन् । ‘ सक्नुहुन्छ साथ दिनुस्, सक्नुहुन्न हात हालेर नविगार्नुस्, हामी विकास गर्न चाहान्छौ, यो धर्तीमा कही असमानता छैन भन्नु मुर्खता हो’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले चीन नेपालको असल मित्र भएको भन्दै उसले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गर्दै आएको बताए ।
उनले नेपाल विदेश नीतिका बारेमा नेपाल स्पष्ट रहेको भन्दै चीन र भारत दुवै नजिकका मित्र भएको बताए । ‘यदि कसैले नेपाल र नेपालीको अपमान गर्छ भने त्यो सम्बन्ध दिगो हुदैन’ प्रधानमन्त्री ओलीले भने ।
फरक प्रशंगमा प्रधानमन्त्री ओलीले नेपाली जनताले कुनै हालतमा हिंशा नचाहेको बताए ।
उनले भने,‘जनताले हिंशा स्वीकार्दैनन् । अहिले पनि केहीले पुर्वाग्राहि ढंगले हिंशा गर्न खोज्दैछन्, नयाँ संविधानमार्फत जनताले प्रयाप्त अधिकार पाइसकेका छन् अव त्यो कार्यान्वयन गर्न मात्रै बाँकी छ ।’
विमोचन भएको पुस्तक अन्जान शाक्य र माधवजी श्रेष्ठले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण