सके साथ देऊ, नसके हात नहाल : प्रधानमन्त्री ओली
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन (ईयु)लाई नेपालको आन्तरिक मामिलामा हात नहाल्न चेतावनी दिएका छन् ।
सोमबार बालुवटारमा ‘नेपाल–चाइना सम्बन्ध’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले इयुलाई यस्तो चेतावनी दिएका हुन् । गत निर्वाचनबारे इयुले सार्वजनिक गरेको प्रतिवेदनप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सके साथ दिन र नसके हात नहाल्न भन्दै नेपालीहरुले गरिखान लागेका वेला कच्याङमच्याङ नगर्न भनेका हुन् । ‘ सक्नुहुन्छ साथ दिनुस्, सक्नुहुन्न हात हालेर नविगार्नुस्, हामी विकास गर्न चाहान्छौ, यो धर्तीमा कही असमानता छैन भन्नु मुर्खता हो’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले चीन नेपालको असल मित्र भएको भन्दै उसले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गर्दै आएको बताए ।
उनले नेपाल विदेश नीतिका बारेमा नेपाल स्पष्ट रहेको भन्दै चीन र भारत दुवै नजिकका मित्र भएको बताए । ‘यदि कसैले नेपाल र नेपालीको अपमान गर्छ भने त्यो सम्बन्ध दिगो हुदैन’ प्रधानमन्त्री ओलीले भने ।
फरक प्रशंगमा प्रधानमन्त्री ओलीले नेपाली जनताले कुनै हालतमा हिंशा नचाहेको बताए ।
उनले भने,‘जनताले हिंशा स्वीकार्दैनन् । अहिले पनि केहीले पुर्वाग्राहि ढंगले हिंशा गर्न खोज्दैछन्, नयाँ संविधानमार्फत जनताले प्रयाप्त अधिकार पाइसकेका छन् अव त्यो कार्यान्वयन गर्न मात्रै बाँकी छ ।’
विमोचन भएको पुस्तक अन्जान शाक्य र माधवजी श्रेष्ठले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य