शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै सकेको गरौं

सोमबार, १२ चैत २०७४, १२ : ०५
सोमबार, १२ चैत २०७४

रत्ना न्यौपाने 

नेपाल संसारका गरिब देश मध्यको एक देश हो । गरिव देशका रुपमा परिचित भयतापनि  प्राकृतिक सम्पदका क्षेत्रमा नेपाल धनि मुलुक मै पर्छ । विश्वको सर्वोच्च शिखर, जलश्रोत, र बहुमुल्य जडिबुटि हाम्रो देशमा छन् । यस्ता बहुमूल्य बस्तु भएर पनि यो देश गरिव हुनसक्ला त ?अध्ययन र प्रयोगको कमिका कारण देश धेरै सम्भावनाबाट टाढा रहेको छ । 
हाम्रो देशलाई हिमाली परिवेशबाट हेर्ने हो भने जडिबुटि उत्पादन ,पशुपालन र त्यसको सदुपयोगबाट प्रसस्त लाभ लिन सकिन्छ ।
पहाडमा बस्नेहरुको लागि पशुपालन, फलफुल खेति,पर्यटन, व्यापार र तराइमा बस्नेहरुका लागि विभिन्न अन्नबालि र नगदेबालीहरुको व्यवायीक उत्पादन गर्न सकिन्छ । त्यसैगरि तराइका समथर भूमिमा औद्योगिकरण गरि आवश्यक सामाग्रीको उत्पादन गरि स्वदेशमै आर्मनिर्भर गरि जिविकापार्जन गर्न सकिन्छ । यति धेरै सम्भावनाहरु हुदा हुदै पनि आम नागरिकहरु विदेश गएर पसिना बगाउन पनि सन्तुष्ट  देखिन्छन् ।
अरु देशमा जस्तो चाइनाको कुरा गरौं , त्यहाँका नागरिकहरु काठमाडौंको सडक निर्माणमा लागिरहेको छन् । उनिहरु हाम्रो देशको भिविन्न स्थानमा उत्पादित जडिबुटि ओसारि रहेका छन् । जसले गर्दा नेपालको जडिबुटि ओसार्नेहरु धनि भैसके । हामी भने दैनिक जिवीका चलाउन समेत धौधौ  हुने अवस्थामा अझै छौं । 
अब हामी सचेत हुनुपर्छ । विदेशिरुलाई हाम्रा जडिबुटि कौडिको भाउमा सुम्पनुहुदैन । जडिबुटिको उपयोगिता र त्सकोप्रयोग सम्बन्धिअध्ययन अनुसन्धान गरि  त्यसको प्रसोधन गरेर हाम्रै देशमै सदुपयोग गरिनु आवश्यक छ । 
विदेशिहरुले हाम्रो देशको कुना कुना डलरको लोभ बढाइ रहेका छन् । डलरको मोहका कारण हामी जस्तो सुकै जोखिमोलेर विदेशिको दासी बन्न तयार देखिन्छौ । कमै मात्र नेपालीहरु विदेशमा सम्मानीत भएर व्यावसाय गरेका छन् । उमेर, र ज्यानमा तागत हुञ्जेल विदेशमा रमाएर भविष्यमा पछुताउदै नेपाल फर्कनुको विकल्प छैन । त्यसैले आफ्नो आर्थिक हैसियत अनुसारको स्वदेशमै व्यवसाय गरेर आफ्नै मनको मालिक हुन छोडेर बिदेशि भुमिमा कि विदेशिको दाशी हुने ?
हामीले अझै पनि आफ्नो देशलाई चिन्न सकेका छैनौं । तर विदेशरुले नेपाललाई दुहुना गई ठानेर हाम्रा श्रोतसाधनलाई प्रयोग गरिरहेका छन् । तर हामी घरमा दुहुना गाई भएरपनि  घरको दुध खान पाइरहेका छैनांै ।
हाम्रो देश प्राकृतिक सम्पदा र बहुमुल्य सम्पति तथा जालश्रोतमा धनि हुदा हुदै त्यसको सहि प्रयोग गर्न सकिहेका छैनौं । विदेशिले हामीलाई त्यसको थोरै हिस्सा दिएर हाम्रा प्राकृृतिक सम्पदा बाट भरपुर फाइदा लिइरहेका छन् । यदि हामीलाई नेपालमै केहि गर्नु पर्छ भन्ने लाग्छ भने बनेर नेपालमै पौरख गर्नु पर्छ । नेपालमा भएका श्रोत साधनको भरपुर सदुपयोग गरि समुन्नत राष्ट्र निर्माणमा भाग लिनु पर्छ । 
सरकारका तर्फबाट समेत स्थानिय जन सहभागितामा बहस चलाउन आवश्यक छ । जनताका हितमा नीती नियम बनेको खण्मा देशमै केहि गरौं भन्ने भावना बृद्धि हुने थियो भने त्यसले देशको मुहार पक्कै पनि फेरिने छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप