शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिसीमा राष्ट्रिय तेक्वान्दो : नेपाली मूलका खेलाडीहरुलाई १० स्वर्ण पदक

सोमबार, १२ चैत २०७४, १० : ५०
सोमबार, १२ चैत २०७४

विजय थापा, अमेरिका– अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च २४ तारिखमा सम्पन्न बार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीले  १० स्वर्ण पदकसहित कूल ५० वटा पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका तर्फबाट नेपाली मूल ३५ सहति बिदेशी खेलाडीहरुले सहभागिता जनाएका थिए । बाल्टिमोरको एभरेस्ट टोलीले उक्त प्रतियोगितामा बिदेशीले १९ वटा स्वर्ण पदक ,१३ वटा रजत पदक तथा १८ वटा कास्य पदक प्राप्त गर्न सफल भएका छन् । 
नेपाली मूलका खेलाडीहरुले १० वटा स्वर्ण पदक ,९ वटा रजत तथा १९ वटा कास्य पदक प्राप्त गर्न सफल भए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप