शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा आईक्यान युएस शाखा गठन

सोमबार, १२ चैत २०७४, १० : ४६
सोमबार, १२ चैत २०७४

 अमेरिका– अमेरिकामा बसोबास गर्ने दि इन्स्टिच्युड अफ चार्टर्ड एकाउनटेन्ट अफ नेपाल (आईक्यान )का सदस्यहरुले आईक्यान युएस शाखा गठन गरेका छन् । आईक्यान युएस शाखाको गठन भर्जिनियामा गरिएको हो ।
शाखाको आईक्यानका अध्यक्ष प्रकाशजंग थापाले उद्घाटन गरे । समारोहमा आईक्यानको प्रतिनिधित्व गर्दै नेपालबाट आएका प्रतिनिधि परिषद सदस्य सूर्य प्रसाद अधिकारी ,पूर्व अध्यक्ष प्रकाश लम्साल तथा निवर्तमान अध्यक्ष महेश खनालको सहभागिता रहेको थियो ।
यसैगरी नेपाली राजदुताबास,अमेरिकन सरकार,आईएफएसी ,एसीएयुएस तथा स्थानीय समुदायका नेतृत्वहरुको पनि उपस्थिति रहेको थियो ।  नवगठित ९ सदस्यीय समितिमा गणेश बानियाँ,नवराज बराल,टिका आचार्य ,सुदर्शन चापागाई ,ईश्वर पोखरेल ,बिराजन आतं ,लक्ष्मण भण्डारी ,ऐक क्षत्री तथा बिनोद लम्साल छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप