नेपाललाई नहेप्न भन्दै प्रधानमन्त्री ओलीको युरोपियन युनियनलाई चेतावनी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई नहेप्न युरोपियन युनियनलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले नेपालको गरिबीलाई लिएर जे गरे पनि हुन्छ भन्ने मासिकताबाट युरोपियन युनियनले नेपालको सार्वभौम सत्ता र प्राप्त उपलब्धिलाई अबमुल्यन र हेप्ने काम गरिरहेको बताए ।
युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न दिएको सुझाबलाई लिएर सर्वत्र आलोचना भइरहेको छ । आईतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले नेपाललाई अण्डरस्टिमेट नगरि आफ्नो प्रतिवेदन सच्याउन युरोपियन युनियनलाई सचेत गराए । प्रतिवेदन सच्याउन गरेको आग्रहलाई अस्वीकार गर्दै यथावत राख्ने वक्तव्य निकाल्नुले नेपाललाई अण्डरमाइण्ड गरेको महसुस आफुले गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको लोकतन्त्र प्रतिको सजगता निकै राम्रो भएको भन्दै नेपालकै जस्तो समानुपातिक समावेशी तथा महिला प्रतिनिधित्व गराएर देखाउन चुनौती समेत दिए । उनले निर्वाचन अनुगमनको नाममा गर्न लागिएको धर्म प्रचारलाई रोकेको प्रतिशोध प्रतिवेदनमा देखाइएको दाबी गरे ।
उनले भने– “निर्वाचन पर्यवेक्षणको नाममा आएर धर्म प्रचार गर्ने होइन , धर्म प्रचार गर्ने काम हुन नदिन केहीलाई फिर्ता पठाइएको हो , त्यसको प्रतिशोध प्रतिवेदनमा लिने होइन । प्रतिवेदन प्रतिवेदन हुनुपर्छ । ” युरोपेली युनियनको प्रतिवेदनले आफ्नो चित्त दुखाएको भन्दै प्रधानमन्त्री ओलीले सुधार्न आग्रह गरे । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको भूमिकाको पनि चर्को आलोचना गरे । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव पनि उपस्थित कार्यक्रममा उनले निर्वाचनका समयमा आयोगले गरेको क्रियाकलाप प्रति तिखो टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले आयोगलाई शक्ति सम्पन्न बनाउनुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री ओलीले निर्वाचन सम्पन्न गराएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र अदालतलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण