मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्लभ पाटेबाघ मृत अवस्थामा भेटियो, अर्को बाघसँग जुधेको अनुमान

शनिबार, १० चैत २०७४, १९ : १४
शनिबार, १० चैत २०७४

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहा नजिकै खोरसोर भन्दा दक्षिणमा एउटा पोथी बाघ आज मृत फेला परेको छ । 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैह्रेका अनुसार खोरसोर नजिकैको चिसापानी घोलमा अन्दाजी तीन वर्षको दुर्लभ पाटे बाघ मृत फेला परेको हो । 

बाघको टाउको, भूडी, गालामा गम्भीर चोट देखिएको छ । १०÷१५ दिनअघि अर्को बाघसँग जुधेर घाउ भएको उनको अनुमान छ । राप्ती नदी किनारमा आधा शरीर पानीमा डुवेको अवस्थामा बाघ मृत भेटिएको उनले बताए। 

अर्को बाघसँग जुधेर घाइते भएको उक्त बाघ घाउको संक्रमणले मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । 

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ रहेका छन् । यो आर्थिक वर्षमा यसरी बाघ मरेको पहिलो हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप