‘ओलीको भारत भ्रमणअघि नै दुई पार्टी एकता’
शनिबार, १० चैत २०७४, १७ : ५४
काठमाडौं–नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुनुपर्नेमा जोड दिएको छ ।
माओवादी केन्द्रको शनिबार बसेको हेडक्वार्रटर बैठकले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुनुपर्नेमा जोड दिइएको नेता विश्वनाथ साहले रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्री ओलीको चैत २३ गतेदेखि भारत भ्रमण गर्ने तयारी भइरहेको बेला माअोवादीले सो अघि नै एकता हुनुपर्नेमा जोड दिएको हो । जवकी यसअघि दुबै पार्टीका नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर बैशाख १० गते एकता गर्ने बताउँदै आएका थिए ।
दुई पार्टीबीच गत असोजमा वाम तालमेलको घोषणा भएसँगै विभिन्न चरणको छलफल हुँदै एकताको चरणमा पुगिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण