‘ओलीको भारत भ्रमणअघि नै दुई पार्टी एकता’
शनिबार, १० चैत २०७४, १७ : ५४
काठमाडौं–नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुनुपर्नेमा जोड दिएको छ ।
माओवादी केन्द्रको शनिबार बसेको हेडक्वार्रटर बैठकले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुनुपर्नेमा जोड दिइएको नेता विश्वनाथ साहले रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्री ओलीको चैत २३ गतेदेखि भारत भ्रमण गर्ने तयारी भइरहेको बेला माअोवादीले सो अघि नै एकता हुनुपर्नेमा जोड दिएको हो । जवकी यसअघि दुबै पार्टीका नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर बैशाख १० गते एकता गर्ने बताउँदै आएका थिए ।
दुई पार्टीबीच गत असोजमा वाम तालमेलको घोषणा भएसँगै विभिन्न चरणको छलफल हुँदै एकताको चरणमा पुगिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे