शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठकमा नरहरि आचार्यको यस्तो छ ४ बुँदे लिखित धारणा

शनिबार, १० चैत २०७४, १५ : १७
शनिबार, १० चैत २०७४

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले आरोप–प्रत्यारोपले पार्टी माथि उठ्न नसक्ने भन्दै अहिलेको अवस्थामा सुधार गर्न  सबै सदस्य जिम्मेवार र भविष्यमुखि बन्नुपर्नेमा धारणा राखेका छन् । 
 जारी केन्द्रीय समिति बैठकमा आफनो लिखित ४ बुँदे धारणा राख्दै आचार्यले कांग्रेसले आफ्ना राजनैतिक एजेण्डा अझ स्पष्ट पार्दै जैजानुपर्नेमा जोड दिए । उनले कांग्रेसको नेतृत्वमा ठूलो परिवर्तन भएपनि परिवर्तनपछि के गर्ने भन्ने दुविधा  नेतृत्व तहमा देखिएको औंल्याए । 
हालैसम्पन्न निर्वाचन कांग्रेसको पक्षमा हुन नसकेपनि अब बिचलिन नभई नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए । 
आचार्यले पार्टी पुरानै ढर्रामा चलिरहेकाले अब समयसापेक्ष परिमार्जन गर्दै लगिनुपर्ने तथा संघीय गणतन्त्रलाई पूर्णता दिनुपर्नेमा समेत जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप