शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साइन रेसुङ्गामा अब बिदाको दिन पनि बैंकिङ सुविधा

शनिबार, १० चैत २०७४, १४ : ४१
शनिबार, १० चैत २०७४

गुल्मी – साइन रेसुङ्गा डेभलभमेण्ट बैंक लिमिटेड, गुल्मी तम्घास र   वलेटक्सार शाखाले अव देखि वर्षको ६५ दिन नै बैकिङ सुविधा प्रदान गर्ने भएको छ । 
चैत्र ३ गते देखि हरेक विदाको दिन विहान ११ वजे देखि २ वजे सम्म बैकिङ सुविधा दिन थालिएको गुल्मी शाखाका सहायक अधिकृत दिवस श्रेष्ठले जानकारी दिए ।
  अरु दिन कार्यालय समयभर र हरेक विदाको दिन उक्त समय अवधीको तिन घण्टा सम्म बैकिङ सुसवधा दिईने श्रेष्ठले बताए  । 
   तम्घास शाखा प्रमुख कृष्णहरी भण्डारीका अनुसार बैंकले तम्घासकै उदिनढुङ्गामा एक्सचेञ्ज सेवा दिदै आएको छ भने गाउँपालिका स्तरको शाखाका रुपमा रिडी , वलेटक्सार , खज्र्याङ्ग, शान्तिपुर, मजुवा , खैरेनी,  वामीटक्सार र सिमलटारीमा बैकिङ्ग सुविधा दिदै आएको छ ।
   बुटवलमा प्रधान कार्यालय रहेको शाईन रेसुङ्गाका हाल सम्म  गुल्मी सहित विभिन्न  जिल्लामा ३५ वटा शाखा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप