बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको सिपाही पदको परीक्षामा नक्कली परीक्षार्थी, १२ जना पक्राउ

शनिबार, १० चैत २०७४, १४ : ११
शनिबार, १० चैत २०७४

काठमाडौं–नेपाली सेनाको सिपाही पदको लिखित परीक्षाका क्रममा नक्कली परीक्षार्थी भेटिएका छन्। 

लोकसेवा आयोगले आज सेनाको सिपाही पदमा लिएको परीक्षाका क्रममा रत्नराज्य स्कुल नयाँ वानेश्वर र सिआईटी कलेज तिनकुनेबाट १२ नक्कली परीक्षार्थी पक्राउ परेकी हुन् । 

पक्राउ पर्नेमा गोपाल ढकाल, प्रकाश भण्डारी, समिप रोकाय, लोचन वाग्ने, रोहित भण्डारी, सुदीप कार्की, मनिषा विष्ट, सम्झना मगर, जानकी माझी, गौतम राना, कविता श्रेष्ठ र  दिवस कार्की रहेको  महानगरीय प्रहरी बृत्त नयाँ वानेशवरका डिएसपी रवि पौडेलले जानकारी दिए । 
पौडेलले नक्कली परीक्षार्थीबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप