मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद राजभण्डारी र महावाणिज्यदूत थापालाई सम्मान

शनिबार, १० चैत २०७४, १३ : ३४
शनिबार, १० चैत २०७४

काठमाडौँ- वरिष्ठ उद्योगी व्यवसायी दिव्यमणि राजभण्डारी प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट सांसद चयन हुनुभएकामा युरोपियन आर्थिक चेम्बर अफ नेपाल (इइसी) र नेपाल–जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिज (एनजिसिसिआई)ले सम्मानित गरेको छ । 

यहाँ आयोजित कार्यक्रममा नेपालको औद्योगिक व्यवसायको क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत इइसी तथा एनजिसिसिआईका संस्थापकसमेत रहनुभएका राजभण्डारीलाई सम्मानित गरिएको हो । 

सो अवसरमा सांसद राजभण्डारीले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आफूले संसद्मा रचनात्मक भूमिका निर्वाह गर्ने बताउँदै व्यवसाय क्षेत्रमा रहेका विकृति तथा विसंगतिको अन्त्य गरी समृद्धितर्फ लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । 

कार्यक्रममा युरोपमा नेपालको प्रचारप्रसार तथा आर्थिक विकासमा विशिष्ट योगदान पु¥याउनुभएका जर्मनका लागि नेपालका महावाणिज्यदूत डा रामप्रताप थापा तथा दक्षिण जर्मनमा नेपाल हिमालयन पेभिलियन स्थापना गर्नुभएका हेरिवेर्थ विर्थ र श्रीमती मार्जित विर्थलाई पनि सम्मान गरिएको थियो । 

उहाँहरुलाई सम्मान गर्दै इइसीका अध्यक्ष विनय शाह र एनजिसिसिआईका अध्यक्ष सेनोन दोर्जे लामाले सम्मानित व्यक्तित्वले नेपालको आर्थिक विकासमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप