शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शक्तिपीठमा भक्तजनको भीड

शनिबार, १० चैत २०७४, १३ : ००
शनिबार, १० चैत २०७४

काठमाडौँ- चैत्र शुक्ल पक्षमा मनाइने वासन्तीय नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । 

चैत्र शुक्ल अष्टमीका दिन आज उपत्यकाका भद्रकाली, नक्साल भगवती, शोभा भगवती, श्वेतकाली, रक्तकाली, गुह्येश्वरी, जयवागेश्वरी, बज्रयोगिनी, इन्द्रायणी लगायत शक्तिपीठमा भक्तजनको भीड लागेको हो । आज शनिबार परेकाले पनि शक्तिपीठमा भक्तजनको बढी भीड लागेको हो । शारदीय नवरात्रमा जस्तो विशेष पर्वका रुपमा नमनाए पनि शक्तिको आराधना गर्नेले चैते दशैँमा दुर्गा देवीको पूजा, आराधना एवम् सप्तशती चण्डी, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरेका छन् । 

उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, मनकामना, छिन्नमस्ता, गहवामाईलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । वर्षमा चारवटा नवरात्र पर्छन् । त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रलाई विशेष रुपमा मनाइन्छ । 

असार शुक्ल र पुस शुक्ल पक्षको नवरात्रको भने चर्चा हुँदैन । साधकले भने वर्षका चारवटै नवरात्रमा शक्ति प्राप्तिका लागि दुर्गा देवीको उपासना गर्छन् । विसं २०६३ अघि चैत्र शुक्ल अष्टमी र भोलिपल्ट रामनवमीका दिन चैते दशैँ पर्वका अवसरमा बिदा दिने गरिन्थ्यो । अहिले अष्टमीको बिदा कटौती गरी रामनवमीका दिनमात्र बिदा दिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप