मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री साम्राज्ञीलाई चिसोले सताएपछि

शनिबार, १० चैत २०७४, ११ : ३५
शनिबार, १० चैत २०७४

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयकी हिट नायिका हुन् । पहिलो चलचित्र ‘ड्रिम’बाट नै अभिनयमा क्लिक भएकी उनी अहिलेकी सर्बाधिक महँगी अभिनेत्री पनि हुन् ।

हालै छायाँकन सकिएको चलचित्र ‘कायरा’मा उनले १० लाख पारिश्रमिक समेत लिएकी थिइन् । उक्त चलचित्र छायाँकनमा बिदेश रहेको बेला उनले गोप्य अंगमा ट्याटु समेत खोपाएकी थिइन् । उक्त टाटुका कारण उनी बिवादमा समेत तानिएकी थिइन् ।

आफू आवद्ध चलचित्र निर्माण सम्पन्न भएर पनि प्रदर्शनमा नआएसम्म अर्काे चलचित्र अभिनय नगर्ने उनी सुन्दरता, अभिनय, स्टाइल सबै कारणले पनि दर्शकको रोजाइमा पर्न सफल छिन् ।

 

अभिनेत्री साम्राज्ञी अभिनित पछिल्लो चलचित्र ‘तिमी सँग’ यही २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । शिशिर राणा निर्देशित यो चलचित्रमा उनले आकाश श्रेष्ठ र नाजिर हुसेनसँग रोमान्स गरेकी छन् ।

चलचित्र क्षेत्रमा आफ्नो प्रतिस्प्रर्धा आफैसँग रहेको बताउने साम्राज्ञी गर्मी मौसम मन पराउँछिन् । कारण उनले खुलाइन् ‘यो समयमा छोटो लुगा लगाउन पाइन्छ । ब्यायाम पनि गर्न पाइन्छ ।’

हिमाली भेगमा समेत छायाँकन गरिएको चलचित्र ‘तिमी सँग’ उक्त स्थानमा छायाँकन गर्न समय उनलाई चिसोले निकै सताएको थियो । उक्त समय वाइनसँग हनी मिसाएर खादै आफुले चलचित्रको सट दिएको बताइन् । चिसोमा दुःख गरेर छायाँकन गरिएको चलचित्रको उक्त दृश्य राम्रो बनेको अहिले देख्दा खुसी लागेको उनले सुनाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप