बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैठक भत्ताबाट मेयरले जेष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनमा पठाए

शनिबार, १० चैत २०७४, १० : १६
शनिबार, १० चैत २०७४

नवलपरासी-सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा क्षेत्रीले बैठक भत्ताबापत आफुले पाएको रकमबाट  २२ जना जेष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाएका छन् ।

मेयर थापाले करिब १ लाख ५० हजारको बजेटमा सुनवल नगरपालिका ३ स्थित सोमनाथबाबा जेष्ठ नागरिक दिवा सेवा केन्द्रका २२ जना जेष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाएको बताए ।

स्थानिय तहको निर्वाचनमा मेयर थापाले, नगरपालिकाबाट कुनै प्रकारको सुविधान नलिने प्रतिबद्धता जनाएका थिए । उनले मेयरका लागि सुविधा बापत आउने रकम सामाजिक कार्यमा लगाउने प्रबिद्धता जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप