शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिप्रथा, लैंगिक विभेद र बोक्सी आरोपविरुद्ध धार्मिक अगुवा

शनिबार, १० चैत २०७४, ०९ : ५४
शनिबार, १० चैत २०७४

बर्दिया - महिला हिंसाविरुद्धको राष्ट्रिय सञ्जालअन्तर्गत अन्तर धार्मिक अगुवाको जिल्लास्तरीय समिति देवेन्द्रराज सिग्देलको अध्यक्षतामा गठन भएको छ । 

सदरमुकाम गुलरियामा शुक्रबार त्यसअघि आयोजित धार्मिक अगुवाको छलफल कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बालविवाह, बलिप्रथा, घुङटो र दाइजोप्रथा, लैंगिक विभेद, बोक्सी आरोपलगायत कुरीतिलाई हटाउनुपर्नेमा जोड दिए ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक नीतिनियम समयअनुरुप परिवर्तन हुनुपर्ने तथा समाजिक एर्व धार्मिक अगुवाले महिला हिंसाविरुद्धका नीति प्रदेश र गाउँस्तरमा बनाउनुपर्ने औँल्याए । 

महिला हिंसाविरुद्धको अन्तर धार्मिक राष्ट्रिय सञ्जालका सचिव हर्ष थापा, हिन्दू धर्मका गुरु धर्मेन्द शर्मा, मुसलमान अगुवा मो अतिक अहमद र बडघरका छङ्गला थारुले हिन्दू, बुद्ध, मुसलमान र इसाइ सम्पूर्ण धार्मिक गुरुलाई महिला हिंसाविरुद्ध अभियान चलाउन अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप