बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा पाकिस्तानले यसरी मनायो ७८ औं राष्ट्रिय दिवस (फोटोफिचर)

शनिबार, १० चैत २०७४, ०९ : ३२
शनिबार, १० चैत २०७४

काठमाडौं - पाकिस्तानको ७८ औं राष्ट्रिय दिवस काठमाडौंमा पनि मनाइएको छ । 

राष्ट्रिय दिवसको अवसरमा काठमाण्डौंस्थित पाकिस्तानी दुतावासमा झण्डोत्तर कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदुत डा. मज्जहर जाबेदले झण्डोत्तर गरेका थिए । 

सो अवसरमा इस्लामिक गणतन्त्र पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री शाहिद खाका अब्बासीका विशेष सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा दुतावासका अधिकारीहरु, काठमाण्डौंमा रहेका पाकिस्तानी समुदाय र मिडियाका प्रतिनिधिहरु सहभागी थिए ।

दुतवासले साँझ होटल हायत रिजेन्सीमा पाकिस्तान दिवस विशेष कार्यक्रमको आयोजना गर्यो । 

कार्यक्रम उप–राष्ट्रपति नन्दबहादुर पुनको सहभागिता थियो ।

 

कार्यक्रममा कुटनीतिज्ञ, नेपाली विशिष्ट व्यक्तित्व, उच्च सरकारी अधिकारीहरु, राजनीतिज्ञ, पाकिस्तानी समुदायका सदस्यहरु, प्राज्ञ, व्यापारी, व्याङ्कर, शिर्ष मिडिया सदस्य र नागरिक समाजको सदस्यहरु थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप