बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा फेसबुक चलाउन प्रतिबन्ध

शनिबार, १० चैत २०७४, ०९ : १९
शनिबार, १० चैत २०७४

जाजरकोट - भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । 

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउन बन्द गर्ने निर्णय गरेको हो ।

सूचना शाखा उपप्रमख भावना भण्डारीका अनुसार, कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै फेसबुक चलायन प्रतिबन्ध गरिएको हो ।

अबदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन पाइनेछैन ।

सो समयमा फेसबुक चलाएको पाइएमा कारबाही हुने नगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप