शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वाणगंगाको दोस्रो नगरसभाबाट ६ वटा विधेयक पारित

शनिबार, १० चैत २०७४, ०९ : १५
शनिबार, १० चैत २०७४

कपिलवस्तु  कपिलवस्तुको वाणगंगा नगरपालिकाको दोस्रो नगरसभाले नगरपालिकाका ६ वटा विधेयक पारित गरेको छ । 

शुक्रबार कोपवामा सम्पन्न दोस्रो नगरपरिषदले नगरपालिकाको प्रशासकीय कार्यविधि विधेयक, सहकारी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न वनेको विधेयक नगरसभाको बहुमतबाट पारित गरेको हो ।

सोही सभाबाट न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र शिक्षा विधेयक समेत पारित गरेको वाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारुले रातोपाटीलाई जानकारी दिए ।

विधेयक पारित भएसंगै कपिलवस्तुको सवैभन्दा ठूलो यस नगरपालिकालाई (छिमेकी जिल्लाका नगरपालिकासँग प्रतिस्पर्धा गरेर) सर्वाेत्कृष्ट नगरपालिका बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

नगरपरिषदको उद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थीले नगरवासीले राज्यलाई नियमानुसार बुझाउनुपर्ने कर तिर्न कन्जुस्याइं गर्न नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप