शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, १० चैत २०७४, ०५ : ४३
शनिबार, १० चैत २०७४

आजको राशिफल
बि.स.२०७४ चैत्र १० गते । शनिबार । ईश्वी सन् २०१८ मार्च २४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि सप्तमी ०९ घडी ३२ पला,बिहान ०९ बजेर ५५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र मृगशिरा,२३ घडी ४५ पला,दिउसो ३ बजेर ३६ मिनेट उप्रान्त आद्रा । योग सौभाग्य ५१ घडि ४८ पला । करण वणिज,बिहान ९ बजेर ५५ मिनेट उप्रान्त भद्रा,रातको १० बजेर ४५ मिनेट उप्रान्त वव । 

आनन्दादिमा बज्र योग । चन्द्रराशि मिथुन । बिश्व क्षयरोग दिवस ।
काठमाडौंमा सूर्योदय ६ बजेर ७ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १६ मिनेट । दिनमान ३० घडी २२ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो तथा रमाईलो यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नुभन्दा पहिलनै बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानि हुँने छैन भने लगानि गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुँनेछ । अध्ययनमा मन नजाने हुँदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने जीवन साथिको असमज्दारिले दैनिक कामहरु प्रभावित हुँनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहाउँने हुँनाले यस्ता क्रियाकलापमा सामेल नहुँनुहोला ।

शुभ अंक —४

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने समाजमा सम्मानित हुँने योग रहेकोछ । पढन पाढनमा मन जाने हुँनाले स्कुल तथा कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनि गर्दा भबिश्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

शुभ अंक — ३

शुभ रंग —  सेतो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुँने योग रहेकोछ ।

शुभ अंक —३

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गर्दापनि आम्दानि थोरै हुँनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशि सस्था तथा नियोग तिर काम पाउँने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आखा सम्बन्धि समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । 

शुभ अंक — ५

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

शुभ अंक — ६

शुभ रंग —  रातो

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) काम गर्ने सवालमा  शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपदा आफु कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपाईको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुँदा चिताएको काम सम्पादन गर्न सकिनेछैन । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ भने बिवादित बिषयहरु तपाईको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुँनेछ ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । 

शुभ अंक — ४

शुभ रंग —  खरानि

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम गर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानि गरे पनि आम्दानि नहुँने हुँनाले दैनिक गुजार ऋणलिएर चलाउँनु पर्ने बाध्यता आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको शुरुवात हुँनेछ भने जीवन साथिको सहयोग नपाउँदा कामहरु थाति रहनेछन् । पढाई लेखाई अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

शुभ अंक — ८

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पर्यटन सम्बन्धि ब्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुँनेछ ।

शुभ  अंक — ३

शुभ रंग —  हरियो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुँने निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

शुभ अंक —२

शुभ रंग — खरानि

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिकताको लडाईमा तपाईकै नाम उच्च स्थानमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँने हुँनाले दैनिकी सहज हुँनेछ । अध्ययनमा मन जाने हुँनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँनेछ भने उपाहार पाईने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुँनाले ईच्छित कामनाहरु पुरा हुँनेछन् ।

शुभ अंक — ६

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग — सुन्तला

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप