बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको दोश्रो रुपले सबैको ध्यान तान्यो (फोटोफिचर)

शुक्रबार, ०९ चैत २०७४, १९ : ३२
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं–शुक्रबारदेखि काठमाडौंमा राष्ट्रिय औधोगिक बस्तु तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले उक्त प्रदर्शनीको विधिवत रुपमा उद्घाटन गरे । प्रदर्शनी उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव लगायत विभिन्न उद्योगी, व्यावसायीहरुको पनि उपस्थिति रहेको थियो ।

सरकारकै आयोजनामा सञ्चालित उक्त प्रदर्शनी ५ दिनसम्म चल्नेछ । ३ सयभन्दा बढी स्वदेशी उत्पादनका स्टलहरु रहने सो प्रदर्शनीका क्रममा प्रधानमन्त्री ओलीले केही स्टलहरुको स्थलगत अवलोकन समेत गर्न भ्याएका थिए । अवलोकनका क्रममा उनले घरेलु टोपी समेत पहिरिएका थिए । प्रधानमन्त्री ओलीले स्वदेशमै निर्मित टोपी लगाइरहँदा उनले उपस्थित सबैको ध्यान खिचेका थिए । उनको दोश्रो रुप देखेर सबै दंग देखिन्थे । तस्विरः कृष्ण खड्का/रातो पाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप