शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाईकल अनियन्त्रित हुँदा एकको मृत्यु

शुक्रबार, ०९ चैत २०७४, १८ : ३३
शुक्रबार, ०९ चैत २०७४

सुर्खेत–सुर्खेतको वीरेन्द्रनगरको बाङ्गेसिमल नजिक मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको भे ४ प ८९२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा ३५ वर्षीय गगन अर्खालीको मृत्यु भएको हो ।

दैलेख चामुण्डा विन्द्रसैनी घर भएका अर्खालीको नाक, मुखमा चोट लागेको र क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप