दुई वर्षभित्र नेपालमा रेलसेवा सञ्चालनमा ल्याउँछुः प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले २ वर्ष भित्र नेपालमा रेल सेवा संचालनमा ल्याएर आफूलाई मजाक गर्नेहरुलाई जवाफ दिन चाहेको पनि स्पष्ट पारे । उनले २०७६ सालभित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे ।
शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै उनले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोडने दृढता व्यक्त गरे । उनले रेल सेवा सञ्चालन र पानी जहाज सञ्चालन गर्ने आफ्नो प्रतिबद्धतालाई विगतमा मजाकको विषय बनाइएको पनि स्मरण गरे । अब मजाक उडाउन नदिनेगरी काम गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले आफू नेतृत्वको सरकार देश बनाउन आएको पनि दोहोर्याए ।
प्रधानमन्त्री ओलीले सरकार देश र जनताको हितमा समर्पित हुने पनि बताए । उनले सरकारले अव उद्यम विकासको लहरनै सृजना गर्ने दाबी गरे । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्यम विकासका लागि निजी लगानी भित्र्याउन आवश्यक ऐन, कानुनको व्यवस्था गर्न लागिएको बताए । उनले प्रधानमन्त्री केपी ओलीको चाहना अनुसार घरघरमा महिलाहरुले रोजगारीको अवसर पाउने गरी साना उद्यम विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । निजी क्षेत्रलाई प्रोत्साहित गरेर सरकार उद्यम विकासलाई अघि बढाउन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाई छ ।
सरकारकै योजना अनुसार काठमाडांंैको भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनी ५ दिनसम्म चल्नेछ । ३ सय भन्दा बढि स्वदेशी उत्पादनका स्टलहरु रहेको प्रर्दशनीमा करिब ८ करोड कारोबार हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण