शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्यपुर थिमी नगरपालिकामा लफडाः ‘मेयरविरुद्ध उपमेयरको पत्रकार सम्मेलन’

शुक्रबार, ०९ चैत २०७४, १८ : १६
शुक्रबार, ०९ चैत २०७४

भक्तपुर–मध्यपुर थिमि नगरपालिका भक्तपुरमा दुई फरक दलका नगरप्रमुख र उपप्रमुख हुँदा कामभन्दा विवाद धेरै हुन थालेको छ ।  शुक्रबार नगरपालिकाकी उपप्रमुख अन्जना देवी मधिकर्मीले नगरप्रमुख मदन सुन्दर श्रेष्ठले मनोमानी ढंगले काम गरेको भन्दै पत्रकार सम्मेलन गरेर मेयरको विरोध गरिन् ।

नगरप्रमुख श्रेष्ठ नेकपा एमाले र उपप्रमुख मधिकर्मी नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।  उक्त नगरमा काँग्रेसले ६ वटा वडासहित बहुमत कार्यापालिका सदस्य जितेको छ ।  पत्रकार सम्मेलनमा उनले भनिन् ‘मेयर साप एकलौटी ढंगबाट अगाडि बढ्नुभो, सहकार्य गरेर कुनै काम गर्न चाहानुनै भएन ।’

नगरप्रमुख श्रेष्ठले कार्यापालिका सदस्यहरु बहुमत भएपनि सम्मान नगरेको उपप्रमुख मधिकर्मीको आरोप छ ।   मनोमानी ढंगले जरिवना, कर, तालाबन्दी गरेको भन्दै अब पूनः यस्ता कार्यगरे आन्दोलनमा जाने उनको चेतावनी छ । तर, केही दिन अगाडी क्षयरोग अस्पताल र नगरापालिकाबीच भएको सहमतिमा उपप्रमुख मेयरसँगै थिइन् भने प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप